सनराइज बैंकको शाखा कार्यालय सितापाइला चोकमा

Posted on: 29 Mar, 2017


चैत १६, काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाण्डौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. १ सितापाइला चोकमा शाखा कार्यालय स्थापना गरेको छ । 

बुधबार एक कार्यक्रमका बीच बैंकका अध्यक्ष श्री मोतीलाल दुगड र प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यको उपस्थितिमा नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक श्री महेश्वर लाल श्रेष्ठले  उद्घाटन गरेका छन् । 

बैंकले नारायणी नेशनल फाइनान्स लि.लाई प्राप्ती गर्दा शंखमुलमा दोहरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्को शाखालाई  सितापाइलामा स्थानान्तरण गरिएको हो । सो शाखाबाट ग्राहकहरुलाई लकर(Safe Deposit Locker) सेवा समेत उपलब्ध गराइएको छ ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!