पशुपतिनगरमा खानेपानीको ट्याङ्की निर्माण

Posted on: 01 Apr, 2017

चैत १९, गौशाला । खानेपानी समस्या न्यूनिकरणका लागि बर्दिवास नगरपालिका– ९ स्थित पशुपतिनगरमा रु. ४४ लाखको लागतमा खानीपानी ट्याङ्की निर्माण भइरहेको छ । 

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीको रु ४४ लाखको लागतमा स्थानीयलाई वर्षैभरी खान पुग्ने गरी खानेपानी ट्याङ्की बन्न लागेको सो कार्यालयका प्रमुख इन्जिनियर देवेन्द्र झाले बताउनुभयो । 

यसअघि त्यहाँ खानेपानीका लागि रु १७ लाखको लागतमा डिप बोर्डिंग जडान गरिसकेको र अब ओभर ट्याङ्की निर्माण कार्यको पनि शुभारम्भ भएको उहाँले जानकारी दिनुभयो । 

अबको एक डेढ वर्षभित्रमा यहाँ बसोबास गर्ने सबैको घर घरमा धारा जडान गराएर सहजरुपमा खानेपानीको आपूर्ति गर्ने योजना रहेको र सोहीअनुरुप ओभर ट्याङ्की निर्माण कार्य तीव्रगतिमा भइरहेको प्रमुख इन्जिनियर झाले बताउनुभयो । 

उहाँले खानेपानीको चर्को अभाव देखिएपछि अहिले डिप बोर्डिंगबाट सोझै मोटर जडान गरेर सबैलाई पानी खाने व्यवस्था मिलाएको पनि बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!