शशस्त्र भवनको छानो लगाउन बजेट अभाव

Posted on: 04 Apr, 2017

प्रकाश धौलाकोटी/चैत २२, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको सशस्त्र प्रहरी बल, सुरक्षा वेश क्याम्पको भवन पुनःनिर्माणका लागि बजेट अभाव भएको छ । शनिबार राति आएको हावाहुरीले शशस्त्र प्रहरी बेस क्याम्प भवनको छानो उडाएको थियो । 

छानो उडेपछि त्रिपाल ओढाएर भवन प्रयोगमा छ । तर तुरुन्तै मर्मत सम्भार गर्नुपर्ने भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको शशस्त्र प्रहरी वेस क्याम्प प्रमुख प्रहरी निरीक्षक सानुकान्छा तुवानाबासुले जानकारी दिनुभयो । हावाहुरीले भवनको जस्तापाताको छानोसँगै गाह्रो समेत भत्काइएको छ । 

भवन मर्मतकालागि स्थानीयले आर्थिक सहयोग संकलन गर्ने अभियान थालेका छन् । सोमबार सक्रान्तिबजारका व्यापारीबाट ४७ हजार ३ सय रूपैयाँ संकलन गरिएको आठराई पत्रकार समाजका अध्यक्ष अमृत बाँस्तोलाले बताउनुभयो । हावाहुरीबाट ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

भवनमा क्षति भएलगत्तै स्थानीय राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सरोकारवालासंग छलफल गरि पुनःनिर्माणका लागि आवश्यक स्रोत जुटाउन सम्बन्धित निकायमा पहल थालिएको वेस क्याम्प प्रमुख प्रहरी निरीक्षक तुवानाबासुले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!