मैयुङ महोत्सवको तयारी अन्तिम चरणमा

Posted on: 05 Apr, 2017

चैत २३, भोजपुर । मैयुङ हाँस पोखरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन् । 

वैशाख १ देखि ३ गतेसम्म पहिलो पटक खोटाङ र भोजपुरको सीमावर्ती क्षेत्रमा पर्ने पर्यटकीयस्थल मैयुङ डाँडामा हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक तिम्मा सरोकार समाजले जनाएको हो । 

महोत्सवमा परम्परागत सिपको प्रदर्शन, भोजपुरको टुँडिखेलबाट स्काइ रनिङ म्याराथुन, राष्ट्रिय तथा स्थानीय कविबाट खुल्ला कविता वाचन तथा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शनलगायतका कार्यक्रमसहित तयारी तीव्र पारिएको आयोजक संस्थाका सचिव श्याम साङसोङले जानकारी दिनुभयो । 

“मैयुङ क्षेत्रका जैविक विविधताको संरक्षण गराँै”, “मैयुुङ लाँलीगुराँस पदमार्गको घोषणा गरौँ”, “भिलेज टुरिजमको लागि होमस्टे सञ्चालन गरौँ” भन्ने तीनबुँदे घोषणापत्र यसअघिसार्वजनिक गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!