जापानका उद्योगी र रुपन्देहीका पर्यटन व्यवसायीबीच छलफल

Posted on: 07 Apr, 2017


चैत २५, बुटवल । जापानको हुकाईदो शहरका उद्योगी व्यवसायी र रुपन्देहीका यातायात, पर्यटन व्यवसायीबीच नेपालमा लगानी भित्राउने विषयमा छलफल भएको छ । 

यातायात र पर्यटनको क्षेत्रमा लगानीको सम्भावनाको खोजीमा नेपाल आएका जापानका उद्योगी र रुपन्देहीका यातयाता व्यवसायी र पर्यटन व्यवसायीबीच शुक्रकार लुम्बिनीमा छलफल भएको हो । दुई देशका व्यवसायीका बिचमा भएको छलफलमा जापानका उद्योगीहरुले लुम्बिनी क्षेत्रमा यातायात  र पर्यटनमा कानुन सम्बत लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

दुई देश बिचको सम्बन्धलाई थप मजबुत बनाउनका लागि यातायात र पर्यटन व्यवसायी सहमतिमा लगानी गर्न सकिने बताए । र्यटनको क्षेत्रमा र दुर्घटना न्यूनीकरणका लागि यातायातको क्षेत्रमा  प्याकेजको रुपमा लगानी गर्न सकिने जापानका उद्योगी व्यवसायी थामुदा साङ्कले बताउनुभयो । उहांले नेपालमा रहेको लुम्बिनीबाट संसारलाई शान्तिको सन्देश दिनका लागि जापान सरकार र उद्योगी व्यवसायी तत्पर रहेको बताउनुभयो ।

अर्का उद्योगी व्यवसायी आमिदले यातायात, पर्यटन लगयातका अन्य २० क्षेत्रमा लगानी गर्न आफुहरु सहमत रहेको बताउनुभयो । सोही कार्यक्रममा बोल्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिका निःवर्तमान अध्यक्ष लोकराज पोखरेलले आर्थिक लगानीमा सहकार्य गरेर यातायात क्षेत्रको विस्तार र दुर्घटना न्यूनिकरण गर्न सकिने बताउनुभयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले संसारलाई शान्तिको सन्देश दिएको लुम्बिनी र लुम्बिनीसंग जोडिएका र एैतिहासिक तथा पुरात्वतिक स्थल यस  भू–भागमा रहेकाले लगानी गर्न सकिने बताउनुभयो । बाह्य र आन्तरिक पर्यटकका लागि पर्यटकीय केन्द्रको रुपमा विकासका लागि राज्यको नीती नियम भित्र रहेर लगानी गर्न सकिने समेत अध्यक्ष जिसीले बताउनुभयो ।

कार्यक्रममा एनआर जापान हुक्काईडोका अध्यक्ष अर्जुन अधिकारी, पर्यटन व्यवसायी मेघराज आचार्य, पत्रकार यमलाल भुसाल, बाबुराम अधिकार लगायतले बोल्नुभएको थियो । लगानीका लागि सम्भावित क्षेत्रको पहिचान गर्न नेपाल आएको उद्योगीहरुको टोलीले अर्थमन्त्री, परराष्ट मन्त्रीसंग लगानीको विषयमा छलफल गरिसकेको बताएको छ । 

त्यस्तै काठमाण्डौ, पोखरा र लुम्बिनीमा लगानीको सम्भावनाको खोजी उनिहरुले गरिरहेका छन एक साता देखि २० जनाको समूह नेपाल आई लगानीका क्षेत्रको अध्ययन तथा अनुगमन गरिरहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!