चन्द्रावति उमावीलाई बहराइनबाट २१ हजार सहयोग

Posted on: 10 Apr, 2017

हेम चन्द्र राई | चैत २८, युएई । वैदेशिक रोजगारीको क्रममा बहराइनका रहेको नेपालीहरुले उदयपुर जिल्लास्थित आफ्नो विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन । 

कटारी नगरपालिका १४ नम्बर वडामा रहेको श्री चन्द्रा वति उच्च माध्यमिक बिधालय लेखानीलाई बहराइनबाट २१ हजार आर्थिक सहयोग भएको हो । सहयोग गर्नेहरुमा साझा समाज लेखानी ( shared society lelhaani ) सदस्य क्षेत्र बहादुर मगर ( रोसन ) को पहलमा बहराइनवास उक्त आर्थिक सहयोग सङ्कलन भएको छ । मनकारी सहयोगीदाताहरुमा कटारी नगरपालिका १४ डासिटरका नर बहादुर मगर रु. ५,५०० रुपैयाँ , सोही नगरपालिका भदौरेका क्षेत्र बहादुर मगर " रोसन " रु. ५,६०० रुपैयाँ , १४ नम्बर कटारी नगरपालिका ११ पात्ले निवासी तिल कुमारी सुनुवार रु. ५,००० रुपैयाँ , कटारी नगरपालिका धुल्के ८ का दिनेश तामाङ रु. २,५०० रुपैयाँ , चागे ५ नेदुन ताप्लेजुङको अरुन लिम्बु रु. २,५०० रुपैयाँ गरि २१,००० रुपैयाँ बिधालयको आधुनिक पुस्तकालयको निर्माणका लागि सहयोग सङ्कलन गरेर साझा समाज लेखानीका कोष अध्यक्ष कोमल प्रसाद प्याकुरेललाई रेमिटेन्समार्फत पठाइएका छन । 

गत डिसेम्बरबाट सामाजिक संजाल मार्फत संचालित " आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तकालय निर्माण गरौं " अभियान जारी रहेको छ । यसअघि युएईबाट रु. ४३ हजार ८ सय रुपैयाँ आर्थिक सहयोग सङ्कल भएको थियो  ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!