नुवाकोट स्थित तल्लो तादी जलविद्युत् आयोजनाको शिलन्यास

Posted on: 16 Apr, 2017

बैशाख ३, नुवाकोट | पाँच मेगावाट क्षमताको तल्लो तादी जलविद्युत् आयोजनाको आज शिलान्यास गरिएको छ । 

बुद्धभूमि हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बालकुमारीको सिम्लेमा ज्येष्ठ नागरिक द्रोणप्रसाद खतिवडा, जयकुमार खड्का र दासलाल श्रेष्ठले संयुक्तरुपमा शिलन्यास गर्नुभयो । 

दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणमा रु ९८ करोड लगानी लाग्ने प्राराम्भिक अनुमान गरिएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिनुभयो । आयोजना निर्माणमा कम्पनीको ३५ प्रतिशत र सिद्धार्थ बैंकको नेतृत्वमा विभिन्न पाँच बैंकको ६५ प्रतिशत लगानी रहेको छ । 

आयोजनाबाट उत्पादित बिजुली समुन्द्रटार–त्रिशूली–३ बी हब १३२ केभी प्रशारण लाइनमार्फत केन्द्रीय प्रशारणमा जोड्ने कम्पनीले जनाएको छ । बालकुमारीको सिम्लेमा बाँध बनाएर दुई हजार ८०० मि पाइपलाइनमार्फत थप्रेकको नौटारीमा विद्युत् उत्पादन गृह बनाइनेछ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!