दोलखामा ९ महिनाको अवधिमा ६३ प्रतिशत खर्च

Posted on: 20 Apr, 2017

ताराबहादुर महत । बैशाख ०७, दोलखा । चालु आर्थिक बर्ष २०७३÷०७४ को ९ महिनाको अवधिमा दोलखा जिल्लाले ६३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । 

जसमा चालु अख्तियारी ६ अर्ब १२ करोड २० लाख ४४ हजार ६३ रुपैँयामध्ये ४ अर्ब १५ करोड ८० लाख १८ हजार ९ सय ४१ रुपैँया ( ६७.९१ प्रतिशत) खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) दोलखाले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । त्यसैगरी पुँजिगततर्फ १ अर्ब ९४ करोड ५६ लाख ५२ हजार ५ सय रुपैँया अख्तियारी पाएकोमा ९३ करोड १३ लाख १२ हजार ४ सय ६२ (४७.८६ प्रतिशत) भएको प्रमुख कोष नियन्त्रक रमेश शिवाकोटीले बताउनुभयो । गत चैत्र मसान्तसम्म जिल्लामा चालु र पुँजिगत गरेर कुल बजेटको ६२.९३ प्रतिशत खर्च भएको कोलेनिका दोलखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत पौष मसान्तसम्ममा ५५ प्रतिशत खर्च भएको थियो ।

यसैबिच जिल्लाका २५ वटा सरकारी कार्यालयले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा १३ करोड ५५ लाख ४८ हजार रुपैँया राजस्व संकलन गर्न सफल भएका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!