दोलखाका १८ घरधुरी प्रकोप पिडितलाई राहत वितरण

Posted on: 27 Apr, 2017

ताराबहादुर महत । बैशाख १४, दोलखा । जिल्ला समन्वय समितिले दोलखाले चालु आर्थिक बर्षमा १८ घरधुरी प्रकोप पिडितलाई ३६ हजार रुपिँया राहत वितरण गरेको जनाएको छ ।

चालु आर्थिक बर्षको श्रावणदेखि चैत्र महिनासम्मा पहिरो पिडित ९ घरधुरी, आगालागी पिडित ८ घरधुरी र चट्याङ्ग पिडित १ घरधुरी गरी १८ घरधुरीलाई राहत रकम वितरण गरिएको समितिले जनाएको छ ।  समितिको सुचना शाखाका अनुसार पहिरो र आगालागि पिडितलाई प्रति परिवार दुई हजार र चट्याङ्ग पिडित प्रति परिवारलाई एक हजार पाँच सय रुपिँयाका दरले राहत रकम वितरण गरिएको हो ।

समन्वय समिति अन्र्तगत प्रकोप व्यवस्थापन विशेष कोषबाट जिल्लाको भिमेश्वर नगरपालिका, जफे, झुले, मालु, सुरी, सुनखानी, भुषाफेदा लगायतका गाविसका प्रकोप पिडितलाई राहत वितरण गरिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!