प्युठानका गाउँभरि कुखुरा पालनका फार्म

Posted on: 28 Apr, 2017


बैशाख १५, प्युठान । प्युठान जिल्लाका विभिन्न ठाउँमा व्यवसायीक रुपमा कुखुरापालन सुरु गरिएको छ । 

कुखुरापालनको माग प्युठान जिल्लाका बिभिन्न ठाउहरुमा बढ्न थालेपछि कृषकहरु व्यवसायीक कुखुरापालनमा लागेका छन । कम मिहेनतमा राम्रो आम्दानी हुने जानकारी पाएपछि कृषकहरुले फार्म बनाई कुखुरापालन गर्न थालेको बताएका छन । साबिकको प्युठान नगरपालिका १५ हालको प्युठान नगरपालिका ८ दम्तीमा गाउँभरि कुखुरापालनका फार्म बनाई व्यवसायिक रुपमा कुखुरापालन गर्ने कृषकहरुको सङख्या बढेको छ । 

लामो समय देखि बिदेसमा बस्दै आउनु भएका नबिन के.सि अहिले आफनै जग्गामा फार्म बनाई कुखुरापालनमा लाग्नुभएको छ । गाउँमै केहि गर्नुपर्छ भन्ने उद्देश्यले कुखुरापालनमा लागेको उहाले बताउनु भयो । 

१ लाखको लगानीमा फार्म बनाइ कुखुरापालन व्यवसाय सुरु गरेको उहाले  बताउनुभयो । त्यस्तै सोहि गाउकै स्थानिय गंगा पाण्डेले पनि बिगत ३ वर्ष देखि २ लाखको लगानीमा आफनै जग्गामा फार्म बनाइ कुखुरापालन व्यवसाय सुरु गर्दै आउनुभएको छ । 

एकपटकमा १सय ५० वटा कुखुराका चल्ला राख्ने गरेको पाण्डेले बताउनुभयो । एक लट उत्पादनहुन ४० देखि ४५ दिन लाग्ने उहाको भनाइ छ । वार्षिक कुखुरापालनबाट घर खर्च चलाएर १ देखि २ लाख सम्म बचत हुने पाण्डेले बताउनुभयो । महिलाले पनि केहि गर्न सक्छन र घरपरिवार चलाउनको लागि श्रिमानको भर पर्न नपरोस भन्ने उद्धेश्यले गाउमै कुखुरापालन ब्यबसाय सुरु गरेको उहाले बताउनुभयो । 

नगरपालिका ८दम्तीका अन्य स्थानीयहरुले पनि आफनै लगानीबाट कुखुरापालन फर्म सञ्चालन गरी मनग्य आम्दानी गर्दै आहिरहेका छन । प्युठान जिल्लाका कृषकहरुको कुखुरापालन आजभोली आम्दानीको बलियो श्रोत बन्दै गएको पशुसेवा कार्यालय प्यूठानले जनाएको छ । एलिसा बस्नेतको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!