आठराईमा ११ केभी केन्द्रिय विद्युत लाईन विस्तार हुँदै

Posted on: 03 May, 2017


अमृत बास्तोला/बैशाख २०, तेह्रथुम । तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत प्रशारण लाईन पुग्ने भएको छ । 

आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा विद्युत लाईन पु¥याउनको लागि तिब्रगतिमा विद्युत विस्तरको काम भईरहेको छ । तेह्रथुमको जिरीखिम्ती सवस्टेसन हुदै मिन्छायेम गाउँपालिकाको मोराहाङ फिडरबाट ११ केभी विद्युत तत्कालै आठराईमा विस्तार हुने नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रका प्रमुख दिपक दाहालले जानकारी दिनु भयो । 

यही बैशाख भित्रमा विद्युत लाईन विस्तार गरि बत्ति बाल्नको लागि प्राविधिकको सहयोगमा स्थानीय स्तरबाट तिब्ररुपमा काम भईरहेको विद्युत विस्तारका स्थानीय अगुवा दिपेश सिटौलाले जानकारी दिनु भयो । 

नेपाल विद्युत प्राधिकरणको सहयोग र स्थानीय बासीको श्रमदानमा विस्तारको काम भईरहेको स्थनीय अगुवा सिटौलाले बताउनु भयो । 

गाउँपालिकाको केन्द्र संक्रान्तिबजार विद्युत पुगेपछि क्रमिकरुपमा सबैतिर विद्युत विस्तार हुने तेह्रथुम वितरण केन्द्रका प्रमुख दाहालले बताउनु भयो । आठराई गाउँपालिकाका सबै वडाहरुमा विद्युत विस्तार गर्न सवस्टेसन निर्माणको लागि तार टाङ्गने काम भईरहेको बताईएको छ । 

अहिले आठराईमा विद्युत नहुदाँ स्थानीयले सोलार प्रविधिबाट विद्युतीय समस्या टार्दै आएका छन् । संक्रान्तिबजारमा स्थापित दर्जन बढी सरकारी तथा गैर सरकारी कार्यालय, बैक तथा वित्तिय सस्थाहरुले पनि सोलार प्रविधिबाटै सेवा प्रवाह गरि रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!