एनएमवि बैङको बुर्तिबाङ शाखाबाट सेवा सुरु

Posted on: 05 May, 2017

बैसाख २२, बुर्तिबाङ । एनएमवि बैङ्कको बुर्तिबाङ शाखा ढोरपाटन नगरपालिकाको वडा नम्बर–१ बुर्तिबाङ बजारमा बिहिबार सुभारम्भ भएकोछ । 

धार्मिक विधिपुर्वक पुजा आज गरि बैङ्कको ८६ औँ शाखा सुभारम्भ गरिएको साखा प्रबन्धक पुष्कल ढुङ्गानाले जानकारी दिनुभयो ।

शाखा सुभारम्भ सँगै निरक्षक संकलन, कर्जा प्रवाह, रेमिट सेवा, विदेशी मुद्रा सटही, सेयर आबेदन संकलन लगायतका सेवा सुरु भएको उहाँको भनाई छ । 

बैङ्कको सेवा साईत अनुसार सुभारम्भ गरिएपनि औपचारिक उद्घाटन भने पछि हुने छ । अहिले ४ जना कर्मचारीबाट सेवा सञ्चालन हुने एनएमवि बैङ्क बुर्तिबाङ शाखाले जनाएकोछ । २०६५ सालमा स्थापना भएको बैङ्कमा २० प्रतिशत लगानी नेरदल्याण्डका लगानी कर्ताको रहेको छ । 

बैङ्कले एनएमवि क्यापिटल मार्फत सेयर बजारका लागि आवेदन संकलन र एनएमवि माईक्रोफाईनान्स मार्फत लघुवित्तिय कारोवार समेत सञ्चालन गर्ने प्रबन्धक ढुङ्गानाको भनाई छ ।

सेवा सुभारम्भ सँगै बैङ्क खाता खोल्ने क्रम सुरु भएको उहाँले जानकारी दिनुभयो । सिता रेग्मीको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!