सनराइज बैंकद्वारा त्रिविका विद्याथीहरुलाई आर्थिक सहयोग गर्ने

Posted on: 11 May, 2017

बैशाख २८, काठमाडौं। त्रिभूवन विश्वविद्यालय केन्द्रिय व्यवस्थापन विभाग अन्तर्गतका संकायहरुमा एमविएस। र एमविए। बिषयमा अध्ययनरत विद्यार्थीहरुले अनुसन्धान बिषय अन्तर्गत प्रस्तुत गनुपर्ने शोधपत्र  तयार पार्नको लागि सन्राइज बैंक लिमिटेडले आर्थिक सहयोग गर्ने भएको छ । 

सो शोधपत्रको विधि विश्वविद्यालयले तोके बमोजिम हुने गरी सनराइज बैंक र त्रिभूवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग बीच समझदारी पत्रमा एक कार्यक्रमका बीच हस्ताक्षर भएको छ  ।

 सम्झौता अनुसार  त्रिविका एम।वि।एस। र एम।वि।ए मा अध्ययनरत ५ जना शोधकर्ताहरुका लागि बैंकले आर्थिक सहयोग उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र त्रिभूवन विश्व विद्यालय, केन्द्रिय व्यवस्थापन विभागका प्रमुख प्रा।डा।भोज राज अर्यालले हस्ताक्षर गरेका  छन्  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!