दार्चुलामा एक महिनामा १ सय ५१ सवारी साधन कारबाहीमा

Posted on: 12 May, 2017

बैशाख २९, दार्चुला । दार्चुलाको ट्राफिक चेक पोष्ट खलंगा र गोकुलेश्वरमा एक महिनाको अवधिमा १ सय ५१ सवारी ट्राफिक कार्वाहीमा परेका छन् ।

 ट्राफिक प्रहरीले बैशाख महिनामा  कार्वाहीमा परेका सवारी साधनबाट ९२ हजार ५ सय राजस्व संकलन भएको ट्रफिक प्रहरीले जनाएको छ ।

 जसअनुसार ३ ओटा बस कार्वाहीबाट रु २ हजार ५ सय, १८ ओटा ट्रक कार्वाहीबाट रु १३ हजार, ९८ ओटा जिप कार्वाहीबाट रु ५४ हजार ५ सय राजस्व संकलन भएको छ ।

 यस्तै २० ओटा मोटरसाइकल कार्वाहीबाट रु १५ हजार र १२ ओटा टेक्टर कार्वाहीबाट रु ७ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रहरी सहायक निरिक्षक यज्ञ राज पनेरुले जानकारी दिएका छन् । 

 बिशेषगरी जिपहरुले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको, मापसे गरेर सवारी चलाउँने, तिब्र गतिमा सवारी हाक्ने, छतमा र जिपको पछाडि झुन्डीएर यात्रा गर्नेगरेको र रुट परिबर्तन गरेर सवारी साधन चलाएको पाइने गरेको पनेरुले बताए ।

 उहाले भन्नुभयो– ‘कच्ची सडक त्यसमाथी क्षमताभन्दा तेब्बर यात्रु बोक्दा दुर्घटनाको जोखीम हुने भएकोले ट्राफिक चेकजाचँमा कडाइ गरेका छौ ।’ गत महिना १ सय ५२ सवारी कार्वाहीबाट रु एक लाख राजस्व संकलन भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!