बागलुङ कालिकामा ३ सय ११ दिनमा १ करोड संकलन

Posted on: 23 May, 2017

बागलुङमा अवस्थित प्रसिद्ध ऐतिहासिक शक्तिपिठ कालिका भगवती मन्दिरमा पछिल्लो समय भेटी संकलन बढ्दै गैरहेको छ । व्यवस्थापन समितिको सक्रियताले भक्तजन एवं दर्शनार्थिहरुको आगमन बढ्दै गैरहेको छ । मन्दिर परिसरमा भएका सुधारका प्रयास तथा पारदर्शिताका कारण भेटी संकलन उल्लेख्य मात्रमा बढेको पाइन्छ ।

गत आर्थिक बर्ष भरीमा जम्मा ९० लाख ५ हजार ७ सय ७४ रुपैयां संकलन भएको थियो । सो भन्दा अगाडी मन्दिरको आयस्था ठेक्का प्रणालीबाट हुने गरेको थियो । दुई बर्ष पहिला ठेकेदारबाट ४१ लाख रुपैया जम्मा भएको थियो ।

यो आर्थिक बर्षको जेष्ठ ८ गते सोमबारसम्म जम्मा ३ सय ११ दिनमा १ करोड ८ हजार ७ सय ६ रुपैयां संकलन भएको छ । दर्शनार्थिहरुले चढाउने भेटी, पशुपंक्षिहरुको मुढ, परेवा, अक्षेता आदी बिक्रीबाट उक्त रकम संकलन हुने गरेको छ ।

चालु आ.ब.को श्रावण महिनामा २ लाख ९७ हजार ७ सय ३४ रुपैयां, भाद्र महिनामा ४ लाख ८७ हजार ६ सय ३० रुपैयां, अशोज महिनामा १८ लाख ७ हजार ५ सय ९ रुपैया तथा कार्तिक महिनामा ६ लाख १९ हजार १ सय ३२ रुपैयां जम्मा भएको थियो ।

 यसै गरी मंसिर महिनामा ८ लाख ६४ हजार ४ सय ४७ रुपैयां, पौष महिनामा ५ लाख ६० हजार २ सय ६३ रुपैयां, माघ महिनामा ५ लाख ७० हजार १ सय ४२ रुपैयां, फाल्गुण महिनामा ८ लाख ३३ हजार ६ सय २८ रुपैयां, चैत्र महिनामा २५ लाख २७ हजार ६ सय २४ रुपैयां तथा बैशाख महिनामा ११ लाख ६१ हजार ७ सय ४५ रुपैयां संकलन भएको थियो । 

बैशाख महिनाको ८ गतेसम्म जम्मा २ लाख ११ हजार २ सय ७० रुपैयां जम्मा भएको छ । दिनहुं जसो भिडभाड रहने कालिका मन्दिरमा चैत्राष्टमी तथा बडादशैंमा लाखौं भक्तजनहरुको उपस्थिती रहने गर्दछ । यो मन्दिरमा श्रावण र माघ महिना तथा औंशी र एकादशी तिथीमा पशुबलि चढ्दैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!