सरकारद्वारा बूढीगण्डकीको जिम्मा चिनियाँ गेजुवा ग्रुपलाई दिने निर्णय

Posted on: 23 May, 2017


जेठ ९, काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको १२०० मेगावाट क्षेमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले बूढीगण्डकी आयोजनालाई  इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरेको हो ।

बुढीगण्डकी आयोजना देशकै महत्वपूर्ण आयोजनाको रुपमा लिईएको आयोजना हो । 

सरकारले जिम्मा दिएको कम्पनी आफैले लगानी जुटाउँने गरि सरकारले इपीसीएफ मोडलमा जिम्मेवारी दिएको हो । आयोजना निर्माणपछि यसको आयबाट नेपाल सरकारले थ्री गर्जेजलाई लगानी बापतको ऋण तिर्ने छ । 

मन्त्रालयले इपीसीएफ मोडलमा आयोजना निर्माण गर्दा नेपाललाई लगानीको लागि झंजट नहुने र समयमै आयोजना निर्माण हुने बिश्वास लिएको छ । सरकारले चाइना कम्पनीसँग यसको बिषयमा थप छलफल गरेर अन्य बिषयमा जानकारी गराउने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!