नेपालीको प्रतिव्यक्ति आम्दानी गतबर्ष भन्दा १ सय ५ डलरले बढ्यो

Posted on: 28 May, 2017

जेठ १४, काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी गतबर्ष भन्दा १ सय ५ डलरले बढेको छ । आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री कृष्ण बहादुर महराले यस्तो आँकडा जानकारी गराएका हुन् ।

अर्थमन्त्रीले संसदमा दिएको आंकडा अनुसार आम नेपालीको प्रतिव्यक्ति आम्दानी १०५ डलरले बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको छ । गत वर्ष प्रतिव्यक्ति नेपालीको आम्दानी ७ सय ५७ डलर रहेको थियो ।

त्यस्तै, सरकारले पुँजीगत खर्च वृद्धि भएको कृषि क्षेत्रमा वृद्धि भएको कारण आर्थिक वृद्धि ६.९४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष आर्थिक वृद्धि ०.०१ प्रतिशत मात्र रहेको थियो ।

त्यस्तै चालु आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९.३७ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७०.६३ प्रतिशत रहेको अनुमान गरिएको छ । कुल गार्हस्थमा राजस्वको योगदान २२.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै, ८ महिनामा विद्युत् आपुर्ती १०५.६१ मेगावाटले बढेर ९ सय ६१ मेगावाट पुगेको छ भने कुल सडक बिस्तार समेत २९ हजार १ सय ५३ किमि भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!