तेह्रथुममा सहकारी लेखापालन तालिम सम्पन्न

Posted on: 31 May, 2017


प्रकाश धौलाकोटी/जेठ १७, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा सहभागितात्मक आधारभूत सहकारी लेखापालन सम्बन्धी छ दिने तालिम बुधबार सकिएको छ । 

तालिममा सहकारी लेखा परिचय, महत्व, गोश्वारा भौचर, चार खाता सन्चालन, ब्यालेन्स सीट तथा चेक लिष्ट बनाउने तरिका लगायत विषयहरुमा छलफल भएको थियो । तालिममा जिल्लाका विभिन्न सहकारीहरुका व्यवस्थापक, सन्चालक समिति सदस्यहरु र शेयर सदस्यहरु गरी २० जना सहभागी थिए । डिभिजन सहकारी कार्यालय, धनकुटाले आयोजना गरेको तालिमको सहजीकरण कार्यालयका सहकारी निरीक्षक गोविन्द खड्का र मिनकुमार थापाले गरेका थिए । 

तालिम हिमचुली सामुदायिक विकास बहुउदेश्यीय सहकारी संस्था, बसन्तपुर, भिजन बचत तथा ऋण सहकारी म्याङलुङ्ग र तम्फुला बचत तथा ऋण सहकारी संस्था, म्याङलुङ्गको आर्थिक सहयोग तथा जिल्ला बहुउदेश्यीय सहकारी संघको व्यवस्थापनमा भएको थियो । 

तालिमको समापन कार्यक्रममा सहभागीका तर्फबाट टेकबहादुर केसी र दुर्गा डाँगीले मन्तव्य राखेका थिए भने जिल्ला बहुउदेश्यीय सहकारी संघका अध्यक्ष फौदबहादुर सुवेदीले सहकारीताकालागि लेखा महत्वपुर्ण भएको भन्दै तालिममा सिकेका कुरा आफ्नो सहकारीमा गएर प्रयोगमा ल्याउन सुझाव दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!