नवलपरासीमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन हुँदै

Posted on: 31 May, 2017


श्याम थापा/जेठ १७, नवलपरासी । नारायणी नदि बाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन भैरहेको छ । 

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका अन्तर्गत कुडियाको रेवा टोल नजिकै रहेको नारायणी नदि बाट स्थानीय ठेक्दार र प्रहरी प्रशासनको मिलोमतोमा अवैध रूपमा गिट्टी बालुवा उत्खनन भैरहेको स्थानीयबासीहरुले बताएका छन । नारायणी नदिबाट अवैध रूपमा उत्खनन भैरहेको जानकारी प्रहरी प्रशासनलाई स्थानीयबासीहरुले पटक पटक जानकारी दिदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयबासीहरुले प्रहरी प्रशासनलाई आरोप पनि लगाएका छन । 

नारायणी नदि बाट भैरहेको गिट्टी बालुवा उत्खनन कार्य गरि दैनिक रूपमा १० देखि २० टाली गिट्टी बालुवा ठेक्दारले बिक्रि गरिरहेका  छन। सो अवैध रूपमा भैरहेको गिट्टी बालुवा उत्खनन कार्यले स्थानीयबासीहरुको क्षती हुने र भैरहेको गिट्टी बालुवा को उत्खनन कार्यलाई रोक्नको लागि सरोकारवालाहरुसंग स्थानीयबासीहरुले अनुरोध पनि गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!