बैतडीमा चट्याङले सात ट्रान्सफर्मरमा क्षति, विद्युत् अवरुद्घ

Posted on: 07 Jun, 2017

जेठ २४, बैतडी । चट्याङले बैतडी जिल्लाका विभिन्न फरकफरक ठाउँमा गरी सात ट्रान्सफर्मरमा क्षति गर्दा विद्युत् सेवा अवरुद्घ भएको छ । 

सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले जिल्लाको देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात ट्रान्सफर्मरमा क्षति गरेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले जानकारी दिनुभयो । साथै, अत्तरिया–बैतडी ३३ केभी लाइन, बैतडी–अनारखोली ११ केभी लाइनको विभिन्न ठाउँमा विद्युत् तार चँुडिएकोसमेत उहाँले बताउनुभयो । 

चट्याङले ट्रान्सफर्मरमा क्षति गर्दा तथा तार चुँडिदा बैतडीमा विद्युत् सेवासमेत अवरुद्घ भएको छ । साथै, जिल्लाका अन्य ठाउँमा पनि ट्रान्सफर्मरमा क्षति गरेको तथा तार चुँडिएर विद्युत् सेवा अवरुद्घ भएको खबर आएकाले क्षति विवरण सङ्कलन भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । क्षति पु¥याएको लाइनको खोजी गरी मर्मतको कार्य भइरहेको केन्द्रले जनाएको छ । 

मर्मत कार्यसँगै विद्युत् सेवा सञ्चालनको काम पनि भइरहेको बताइएको छ । चट्याङले बैतडीको बसाली–रिम, बैतडी–सतबाँझ क्षेत्रको लाइनमा बढी क्षति पु¥याएको खबर आएको छ । 

जिल्लामा विद्युत् सेवा अवरुद्घ हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । 

यसका साथै विद्युत्बाट सञ्चालित हुने कलकारखाना, मिल र सञ्चारमाध्यम पनि समस्यामा परेका छन् । विद्युत् सेवा सञ्चालन हुन केही दिन लाग्नसक्ने नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!