आठ सामुदायिक विद्यालयमा लायन्स क्लबको सहयोग

Posted on: 08 Jun, 2017

महेन्द्र केसी, पर्वत ।  सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लायन्स क्लब अफ कुश्मा सिटिले जिल्लाका आठ वटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । ठाकुरबहादुर पौडेल र लायन्स कुस्मा सिटीकी संस्थापक सदस्य उषा पौडेल भण्डारीको सक्रियतामा जापानमा रहेको लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३३६ सी २ आर अन्तरगत रहेका पाँच वटा लायन्स क्लब (एस.सी.आइ एफ) ,यरी निसोआरी लायन्स क्लब, उनजेन ओवामा लायन्स क्लब,कोका लायन्स क्लब, हिनोसजो लायन्स क्लबबाट प्राप्त भएको सहयोग जिल्लाका आठ विद्यालयमा हस्तान्तरण गरीएको हो । नागासाकी निसी लायन्स क्लब अफ जापानसँग लायन्स कुश्मा सिटिकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीको प्राप्त भएको ८ लाख २३ हजार ७ सय २३ रुपैयाँ बराबरको शैक्षिक  सामाग्रीत विभिन्न विद्यालयमा हस्तान्तरण गरीएको हो ।

बुधकार कुश्मा नगरपालिका ३ मा रहेको काफलचौर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी क्लबले विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । विद्यालयलाई आवश्यक तीन वटा ह्वाइट बोर्ड, पुस्तक, ज्यामितय सामाग्री गरी झण्डै ५१ हजारको शैक्षिक सामाग्री तथा पुस्तक वितरण गरीएको हो । 

कार्यक्रममा बोल्दै संस्थाकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीले आगामी दिनमा पनि विद्यलायलाई सहयोग गर्ने प्रतिबद्धता गरीन । उनले जिल्लाका विभिन्न गरीब तथा जेहेन्दार विद्यार्थीहरु अध्ययनरत विद्यालयलाई केहि सहयोग होस् भन्ने उदेश्यका साथ आफूहरुले विभिन्न विद्यालयमा सहयोग गर्दे आएको र प्राप्त सहयोगको उचित प्रयोग र सदुपयोग हुनेमो आफूहरु विश्वस्त रहेको बताइन । उनले जापानमा रहेका आफ्ना छोरी ज्वाइ उषा पौडेल भण्डारी र ठाकुरबहादुर पौडेको सक्रियता र त्यहाँका विभिन्न लायन्स क्लबहरुसँगको समन्वयबाट रकम प्राप्त भएको र सोही अनुसार जिल्लाका आठ विद्यालयलाई सहयोग गरेको बताइन । उनले क्लबको उदेश्य भन्नुनै सामाजि सेवामा काम गर्नुभएकोले आफूहरु सोही अनुसार विभिन्न निकाय र व्यक्तिहरुको समन्वयमा रकम संकलन गरी सामाजिक अभियानमा लागेको बताइन । 

क्लबकी बर्तमान अध्यक्ष रीता भण्डारीले क्बलबले समाजिक क्षेत्रमा मात्रै नभइ मानवीय साहयताका लागि समेत काम गर्दै आएको बताइन । उनले भूकम्प पीडितलाई राहत, विभिन्न समयमा निशुल्क स्वास्थ्य शिविर संचालन तथा विभिन्न गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै क्बलले आएको र आगामी दिनमा पनि यस्तै सामाजिक कार्यहरुले निरन्तरता पाउने बताइन ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शान्ति पाध्या देवकोटाको अध्यक्षमा भएको कार्यक्रममा कुश्मा नगरपालिका ३ दुर्लुङका वडा अध्यक्ष तेजप्रसाद पाध्या, क्लबकी सचिव सीता पौडेल सुवेदी, विद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतम लगाएतले बोलेका थिए । कार्यक्रमको स्वागत शिक्षक दिभाकर पौडेलले गरेका थिए भने कार्यक्रको संचालन शिक्षक नारायण पौडेलले गरेका थिए ।

कार्यक्रममा क्लबकी तृतीय अध्यक्ष राममाया श्रेष्ठ, कोडिनेटर मुना लामिछाने पत्रकार शान्ति सुवेदी लगायत शिक्षक, अभिभाव, विद्यार्थीको बाक्लो सहभागीता रहेको थियो ।

क्बलले मोदी गाउँपालिका ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा १ लाख ५८ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरीसकेको छ । त्यस्तै पञ्चकोशी उमावि आर्थरमा १ लाख ४८ हजार, विद्याज्योति प्रावि देउपुरमा २० हजार, फलेवास नगरपालिका पाङराङको शिद्धबाबा उमाविमा ५३ हजार, जलजला गाउँपालिका ३ मा रहेको विद्याज्योति उमावि ५१ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरीसकेको छ । भने लायन्स क्लब अफ पोखरा चौतारी विन्धबासिनीलाई १ लाख ६० हजार हस्तान्तरण गरेको जनाएको छ । क्लबले विहिबार कुश्मा नगरपालिकाको खौलालाकुरीमा रहेको खौलालाकुरी माविमा ६५ हजार बराबरको प्रोजेक्टर र ह्वाइ बोर्ड  वितरण गर्ने जनाएको छ ।

यसैविच बुधबार क्लबले अन्तराष्ट्रिय स्तरमा लायन्स क्लब स्थापना भएको एक सय बर्ष पुरा गरेको अबसरमा केक काटेर स्थापना दिवस मनाएको छ । सामाजिक क्षेत्रमा काम गर्नको लागि बुधकारकै दिनमा स्थापना भएको क्लबको एक सय बर्ष पुरा भएको अबसरमा केक काटेर स्थापना दिवस मनाएको क्बबले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!