प्युठानमा पहिरोले २ घर बगाउँदा ६ लाखको क्षती

Posted on: 08 Jun, 2017

सागर शर्माजेठ २५, प्युठान । प्युठानमा बुधवार परेको अबिरल वर्षाले दुई घर वगाएको छ ।  

प्युठान नगरपालिका ५ पूर्णगाउ सुनारटोलका शनु सुनार र प्रेम सुनारको घर बगाएको हो । 

 शनु सुनारको  गत साल मात्र बनाएको घर पहिरोले  बगाउदा घरमा भएका अन्नपात, लत्ताकपडा, बगाउदा ५ लाख र प्रेम सुनारको घर वगाउदा १ लाखको क्षती भएको स्थानीय धन बहादुर केसीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!