देउरलाीमा एक घर एक धारा अभियान

Posted on: 18 Jun, 2017

 स्वच्छ, सफा र शुद्ध खानेपानी, उपभोक्ताको अधिकार सुनुश्चित गर्नको लागि जिल्लाको मोदीगाउँपालिका ३ मा एकघर एक धाराको नीति अबलम्बन गरिने भएको छ । 

मोदी गाउँपालिका ३ देउरालीको  घुरुङ्गामा सांसद अर्जुनप्रसाद जोशीको पहलमा कुल ७१ लाखको लागतमा घुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समुह मार्फत आयोजना सम्पन्न हुन लागेको हो । ०७२ बैशाखदेखि शुरु भएको उक्त खानेपानी आयोजना आगामी ०७५ जेठ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उपभोक्ता समुहका अध्यक्ष पदमबहादुर पुनले बताए । उनका अनुसार जमले छहराको मुलबाट पानी ल्याउन लागिएको खानेपानीको निर्माण कार्य अहिले तिब्र रुपमा चलिरहेको छ । जस अनुसार २ इन्टेक, २ डिसी, १ कलेक्सन च्याम्बर र ३ हजार एक सय मिटिर पाइप विच्छाउने काम सम्पन्न भएको र ३ डिसी, १० हजार लिटर बराबरको टंकीको निर्माण कार्य चलिरहेको बताए ।

उक्त खानेपानी आयोजनाबाट ६० घरधुरी लाभान्वीत हुने खानेपानी आयोजना निर्माण समितिले जनाएको छ । खानेपानीको समस्याका कारण स्थानीबासीले चार सार्वजानिक धाराहरुको माध्यबाटनै पानीको आपूत्र्ति गर्दै आएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!