दार्चुलामा एनआइसि एसीया बैंकको शाखा बिस्तार

Posted on: 20 Jun, 2017

लोकेन्द्र प्रशाद जोशी | असार ६, दार्चुला | दार्चुला जिल्लामा एनआइसि एसीया बैंक नेपाल लिमिटेडले शाखा बिस्तार गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी देशभरीमै १ सय १५ औ शाखाको रुपमा एनआइसी एसीया बैकं लिमिटेडले शाखा बिस्तार गरेको हो । 

शाखाबाट मंगलबारदेखी नै कारोबार सुरु भइसकेको बैंकका क्षेत्रीय प्रबन्धक टेकराज भट्टले जानकारी दिनुभयो । एनआइसि एसीया बैकले अरु बैंक र बित्तिय संस्थाहरुले दिइरहेका सेवाहरु जिल्लामा दिने जनाएको छ ।

१९ बर्ष पहिले स्थापना भएको बैंकले सन २०२० सम्ममा देशका २ सय ५० स्थानमा साखा बिस्तार गर्ने लक्ष्य राखेको छ । भने प्रदेश नम्बर ७ का सबै जिल्लाहरुमा समेत शाखाहरु बिस्तार गरिरहेको छ ।

बैंकले बचत खाता, चल्ती खाता, मुद्धति खाता, निक्षेप कर्जाका साथै एटिएम सेवा, मोवाइल बैकिंङ लगायत बिबिध सेवाहरु बैकंबाट सुरु गर्ने जनाएको छ । खासगरी ग्रामीण भेगका जनताहरुको आबश्यकत्ता र समस्यालाइ मध्यनजर गरी बैकं स्थापना भएकोले बित्तिय कारोबार संगसगैं ब्यबसाय सञ्चालन गर्नको लागि ऋणसमेत प्रदान गरीने भट्टले बताउँनुभयो । 

यसअघि दार्चुला जिल्लामा नेपाल बंगलादेश बैकं, जनता बैकं, सनराइज बैकं, मेघा बैकं लगायत बैकंहरुले साखा स्थापना गरेर कारोबार सुरु गरिसकेका छन । यस्तै नेपाल सरकारको स्वामित्वमा रहेका राष्ट्रिय बाणिज्य बैकं र कृषि बिकास बैकंले समेत बैंकिङ कारोबार गरीरहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!