स्वदेशमै केही गर्छु भनी उद्योग खोलेका एक युवाको पीडा

Posted on: 26 Jun, 2017


https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/पर्वत ।मुहार कालो दारीले झ्याप्प ढाकिएको, पहेलो टिसर्ट अनि टिसर्टमा हिन्दु धर्म जागरण लेखिएको अक्षर, देख्दैमा साधु जस्तो देखिने एक युवक सहारा न्युज दैनिकको अफिसमा आइपुग्छन् । झोलाबाट केही थान बल पेन देखाउछन् अनि आफ्नो पीडा र दुःखेसोको पोका फुकाउछन् ।


एक २९ वर्षीय युवा अर्जुन थापा जो कतारमा ५,६ वर्ष काम गरेपछि आफ्नै स्वदेश फर्किएका छन् । बाग्लुङ नगरपालिका १३ पैयुपाटा घर भएका थापा उद्योग खोल्नकै लागि भनी पर्वतको कुश्मा बजार आएका हुन् । लामो समय जीवनको उर्जा र पसीना कतारको अलसैलिया स्पोर्ट कम्पनिमा बगाए । अनि अहिले यही आफ्नो जन्मथलोमा उद्योग गर्छु भनी फर्केका छन् । उनले कलम उद्योग पनि कुश्मामा खोलेका छन् ।


घरेलुमा दर्ता गरिएको उनको उद्योगको नाम कालीगण्डकी कलम उद्योग छ । यो तीन महिना पहिले दर्ता भएको हो । यहाँसम्म त ठिकै छ तर जव उनले दैनिक १००० प्रति बल पेन उत्पादन गर्न थाले । जसको बजार खुद्रा मूल्य मनखुशी विक्रेताले विक्री गर्दा १० रुपैया सम्म पर्छ । उनले भने थोकमा ३.३३ पैसा पर्दो रहेछ तर स्टेशनरी व्यापारीले खरीद गर्न मान्दा रहेनछन् । कारण पहिल्यै आफूसँग स्टक छ भारतीय र चाइनिज पेन भन्दा रहेछन् ।


युवा थापाले भन्छन्(‘उद्योग खोलेको तीन महिना जति भयो । स्वदेशमै बस्ने भाग्य रहेछ भने केही होला । ऋण लागि हाल्यो भने फेरि खाडी नै जानुपर्ला । तर स्वदेशी उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने अभियान चलाउन मलाई मन छ ।’ उनलाई कच्चा पदार्थको समस्या पनि उस्तै छ । कलम बनाउन चाहिने मसी, नीम, व्यारेल लगायतका कच्चा पदार्थ भारतबाट मगाउन पर्दछ । दुःखेसो गर्दै उनले भने,(‘कच्चा पदार्थको नाममा कलम राख्ने कार्टुन पनि नेपालमा पाइदैन र बन्दैन ।’ उद्यमी थापाले तीन लाख खर्चिएर भारतको दिल्लीबाट कलम बनाउने मेशीन खरीद गरेको बताए ।


स्वदेशमा रोजगार नपाएर रोजीरोटीका खातिर विदेश खासगरी खाडी मुलुक धाउने युवाको संख्या दिनहुँ वृद्धि भइरहेका बेला यही स्वदेशमा केही गर्छु भन्ने युवाले मनमा पीडा बोकेर हिड्नु पर्ने अवस्था छ । यस्तै पीडा बोकेर हिड्न बाध्य एक युवा पात्र अर्जुन थापा बनेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!