जुम्लामा लक्षित वर्गको बजेट प्रतीक्षालयमा

Posted on: 26 Jun, 2017

नन्दराम जैशी/असार १२, जुम्ला । जुम्ला तातोपानी गाउँपालिका दुई जर्मिगाँउमा निर्माण भएको प्रतीक्षालयमा लक्षित बर्गको बजेट खर्च गरीएपछि लक्षित बर्गका ब्यक्तिले असन्तुष्टी पोखेका छन् । लक्षित वर्गको लागि छुट्याइएको बजेट उनिहरुको क्षमता अभिबृद्धि तथा शसक्तिकरणका लागि खर्च नगरी प्रतीक्षालय निर्माणमा खर्च गरीएपछि उनिहरु असन्तुष्ट भएका हुन् । 

लक्षित वर्ग अन्र्तगत तातोपानी गाउँपालिका दुई मा रहेका दलित, एकल महिला, अपांग र बालबालिकाहरुको क्षमता बृद्धि तथा शसक्तिकरणको लागि छुट्याइएको एक लाख पैसठी हजार रकम सबै प्रतीक्षालय निर्माणमा खर्चभएपछि एकल महिला जिरा दमाईले रकम दुरुपयोग भएको गुनासो गर्नुभयो । 

उहाले भन्नुभयो, गाँउको अगुवाइ गर्नेले लक्षीत बर्गको बजेट प्रतीक्षालय निमार्णमा खर्च गरे, म जस्तै एकल महिलाहरु आफ्नो क्षमता बृद्धि तथा सशक्तिकरण गर्नबाट बञ्चित भयौ । देशमा नितिगत तथा राजनितिक परिवर्तनसँगै जति राम्रा कार्यक्रम आएपनि ग्रामिण भेगमा जान्ने सुन्नेकै हालि मुहाली छ, कार्यक्रम सम्बन्धीत लक्षीत बर्गसम्म पुग्दैन, विभिन्न बाहानामा बिचमै टाकन टुकन पारेर खान्छन् उहाले बताउनुभयो । 

सोहि वडाका अपांगगता ब्यक्ति हस्त बुढाले भन्नुभयो, गाँउमा राजनीतिक दलहरुका प्रतिनिधिहरुको अगुवाईमा निमार्ण समिति गठन गरी लक्षित वर्गको रकम विकासे काममा धमाधम खर्च भैरहेको छ । हाम्रो कुरा कसैले सुन्दैनन् र लागुपनि हुदैन । 

अघिपछि लक्षीत बर्गको बजेट के कति छ भन्ने कसैलाइ थाँहा हुदैन तर अन्तमा असारे विकासको रन्कोले लक्षित वर्गको बजेट समेत विकास निमार्णका कार्यमा खर्च गर्ने प्रबृति पहिलेदेखि बसेकोले यो हटाउन मुस्कील रहेको उहाको भनाइ छ । 

स्थानिय तेजेन्द्र बहादुर रावलका अनुसार गाँउमा जुन प्रयोजनका लागि बजेट निकासा हुन्छ, सोही शिर्षकमा खर्च नहुने बताइएको छ । जुम्लामा लक्षीत बर्गका लागि छुट्याइएको बजेट कँहा, कति र कसरी खर्च भैरहेको छ भन्ने बिषयमा न त प्रभावकारी अनुगमन हुन्छ न त कसैलाइ जानकारी नै । 

लक्षीत बर्गको बजेट गुमनाममा राखेर खर्च गर्ने प्रबृतिको अन्त्य हुनुपर्ने भन्दै जुम्लाका लक्षित वर्गका ब्यक्तिहरुले विरोध जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!