कर्णाली राजमार्गमा १२ घण्टा यातायात अवरुद्ध हुने

Posted on: 01 Jul, 2017


नन्दराम जैशी/असार १७, जुम्ला । कर्णाली राजमार्गमा १२ घण्टा यातायात अवरुद्ध हुने भएको छ । 

कर्णाली राजमार्ग अन्र्तगत कालिकोट जुम्ला सडक खण्डमा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि १२ घण्टा यातायात अवरुद्ध हुने भएको हो । कर्णाली राजमार्गको कालीकोट जिल्लामा पर्ने टाकुल्ला खोलामा पाइप कल्भर्ट निर्माणको काम थालिएकाले यातायात अवरुद्ध हुने भएको छ । 

आज साँझ ६ बजेदेखि शुरु भएको खोलामा पाइप कल्भर्ट निर्माणको काम भोलि बिहान ६ बजेसम्पन्न हुने डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख अंगलाल रोकायाले जानकारी दिनुभयो । उहाले भन्नुभयो, केहि बर्षदेखि कालीकोट जिल्लामा पर्ने टाकुल्ला खोलामा बर्षा तथा पानिको बहाबका कारण यातायात संचालनमा समस्या हुदै आएको थियो । त्यसैले उक्त समस्या समाधानका लागि अहिले ठेक्काबाट काम भैरहेको छ । 

त्यसै अन्र्तगत आज राति टाकुल्ला खोलामा पाइप कल्भर्ट निर्माण हुनेभएकाले सो समयमा सबै यातायात संचालन अवरुद्ध गरीएको रोकायाले बताउनुभयो । साथै यसबाट सर्वसाधारणमा पर्न जाने असुविधा प्रति डिभिजन सडक कार्यालय जुम्लाले क्षमायाचना गरेको छ । 

१२ घण्टा यातायात अवरुद्ध हुने भएपछि जुम्लाबाट छुट्ने यातायातका साधानलाइ बाह्य जिल्लामा जान र जुम्ला भित्रिने यातायातलाइ समयमै जुम्ला पुग्न समस्या हुने भएको छ ।         


यस बिषयमा तपाइको प्रतिक्रिया...!