शाईन रेसुङ्गाको अव सदरमुकाममै दुई स्थानमा कारोवार

Posted on: 08 Jul, 2017

प्रेम सुनार/असार २४, गुल्मी । शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडलेबिहिबारदेखि सदरमुकाम तम्घासका दुई वटा स्थानबाट कारोवार सुरु गरेको छ । 

तम्घासको नयाँवाजारमा शाखा रहँदै आएकोमा सो बैंकले तम्घासकै उदिनढुङ्गामा नयाँ एकसटेन्सन कार्यालयका रुपमा दुवै स्थानबाट वित्तिय सेवा प्रवाह गर्ने भएको हो ।

 गुल्मी सहित १० जिल्ला कार्य क्षेत्र भएको उक्त बैंकको नयाँ एकसटेन्सन सेवा सुरु भए  पश्चात २८ वटा शाखा कार्यालय अर्घाखाँचीको सन्धिखर्क सहित  दुई वटा स्थानमा एकसटेन्सन कार्यालय भएका छन् । अधिकांस ग्रामिण क्षेत्रका  सर्वसाधरण सम्मलाई वित्तिय सेवाको पहुँच पुराउने लक्ष्य लिएको शाईन रेसुङ्गा बैंकका गुल्मीका तिन वटै क्षेत्रका मुख्य मुख्य बजारका शाखाबाट सेवा सञ्चालन हुँदै आएको छ ।

चुक्त पुँजी  १ अर्व १० कारोड रहेको त्यस बैंकले हाल सम्म निक्षेप परिचालनमा  ९ अर्व ८४ करोड  र   ८ अर्व ६१ करोड उर्जा क्षेत्रको विकासमा लगानी गरिएको उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले बताउनु भयो । उहाँका अनुसार ग्राहक संख्या १ लाख ५० हजार भन्दा बढि रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!