भक्तपुरमा ८० प्रतिशतलाई करको दायरामा ल्याइने

Posted on: 12 Jul, 2017

असार २८, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले करको दायरामा नआएका ८० प्रतिशत नागरिकलाई यस वर्ष करको दायरामा ल्याइने बताउनुभएको छ । 

रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उहाँले नगरपालिकाका २० प्रतिशत नागरिक मात्रै करको दायरामा आएको पाइएकाले अब बाँकी नगरका बासिन्दालाई पनि करको दायरामा ल्याउने बताउनुभएको हो । नगरपरिषद्ले नीति तथा कार्यक्रमका साथै योजना तर्जुमा र बजेट विनियोजन गर्ने तयारी गरिरहेको बताउँदै उहाँले नगरपालिका खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढेको जानकारी दिनुभयो । 

मध्यपुर थिमिमा नक्शा पास र भवन निर्माणका साथै नागरिकलाई करको दायरामा ल्याउने काम चुनौतीपूर्ण रहे पनि यसको कार्यान्वयनका लागि नगरपालिका लागिपरेको उहाँको भनाइ छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!