डोल्पाको ठुली भेरि नगरपालिकाको सबै योजना पारित, ३२ करोड ३३ लाख रकम बिनियोजन

Posted on: 16 Jul, 2017


टेक शाही | साउन १, डोल्पा | ठुलीभेरि नगरपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक योजना तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सबै योजनाहरु परित भए पनि बिषयगत कार्यालयको बजेट र योजनाहरु आएका छैनन । शुक्रबार र शनिबार दिन भर बसेको नगरपालिकाको बैठकले नगरपालिका भित्रका एक बर्षमा हुने सबै योजनाहरु पारित गरेको ठुलिभेरि नगरपालिकाले जानकारि दिएको छ । 


आर्थिक बर्ष ०७४/०७५ का लागि ठुलिभेरि नगरपालिकाले अनु्मानित बजेट कुल ३२ करोड ३३ लाख ८० हजार बराबर चालु र पूजिगत तर्फ बिनियोजन गरेको छ । चालु तर्फ ३ करोड ७५ लाख र पूजिगत तर्फ १९ करोड ९७ लाख ९० हजार बिनियोजन गरेको छ । त्यसै गरि सर्शत अन्ुदान तर्फको बजेटमा ७ करोड २० लाख ७९ हजार रकम बिनियोजन भएको हो । आन्तरिक स्रोतबाट आम्दानीहुने रकम १ करोड ४ लाख ११ हजार हुने र सोहि अनुसार आन्तरिक स्रोतको रकम बिनियोजन गरिएको ठुलिभेरि नगरपालिकाका कार्यकारि अधिकृत गोबिन्द सुनारले जानकारि दिनुभयो । 


आर्थिक बर्ष ०७४/०७५ का लागि नगरपालिका भित्रका सबै योजनाको अनुमानित बजेटको ब्यबस्था गरिएको र लागत इष्टिमेट बिना कति बजेट लाग्छ भन्ने कुराको यकिन जानकारि नभएको कारण कुनै पनि योजनाको बजेट नँतोकिएको नगरपालिकाले जानकारि दिएको छ । अहिले चालु र पूजिगत तर्फ मात्र बिनियोजन गरेको नगरपालिका भित्रका सबै योजनाहरुको लागत इष्टिमेट आए पछि बजेट योजना अनुसार बिनियोजन गर्ने कार्यकारि सुनारले बताउनु भयो । 

एक बर्षको निति तथा कार्यक्रमहरु बनि सकेको र यस्लाइ कार्यान्वयनमा ल्याउनको लागि सबै क्षेत्रबाट सहयोग हुनु पर्ने स्थानिय सरकार अर्थात पहिलो पटक जनप्रतिनिधिले नै बनाएको पहिलो बजेट नमुना र प्रभाकारि हुनेमा बिश्वस्त रहेको ठुलिभेरि नगरपालिकाका उपप्रमूख योगेन्द्र बहादुर शाहीले दाबि गर्नु भयो । 


स्थानिय तहमा आए पछि सबै बिषयगत कार्यालयले नगरपालिका र गाँउपालिकामा आफना बार्षिक कार्याक्रका योजनाहरुको बजेट सिलिङ्ग पेश गर्नु पर्ने भए पनि स्वास्थ्य,शिक्षा,आयुर्बेद बाहेक अन्य कुनै पनि बिषयगत कार्यालयले कार्यक्रम र बजेट पेश नगरेकोले समस्या आएको र शिक्षा कार्यालयले शिक्षक तलब मात्र पेश गरेको ठुलिभेरि नगरपालिकाका प्रमूख गणेश बहादुर शाहीले बताउनु भयो । अनुमानको भरमा रकम बिनियोजन गर्दा प्रभाबकारि नहुने र ढुङ्गा पल्टाएर रकम सकाउने प्रबिदिको हावी हुने भएकोले काम र आबस्यक्ताका आधारमा बजेट बिनियोजन हुने पनि शाहीले बताउनु भयो ।


बियषगत कार्यालयले योजना तथा कार्यक्रमको बजेट पेश नँगरे पछि भोली गएर एकै शिर्षकमा योजना दोहोरीने सम्भाबना रहेकोले पनि कार्यान्यन हुन कठिन हुने देखिएको छ । अबको एक साता भित्रमा सबै बिषयगत कार्यालय र गैर सरकारी निकायाको कार्याक्रम तथा बजेट सिलिङ्ग आउने र सबै क्षेत्रको समाबेश गरि नगपालिकाको बार्षिक योजना बजेट सार्वजानिक हुने कार्यकारि गोबिन्द सुनारले जानकारि दिनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!