सिमिकोट गाउँपालिकाको गाउँ सभा सम्पन्न

Posted on: 17 Jul, 2017

साउन २, हुम्ला । सिमिकोट गाउँपालिकाको पहिलो गाउँ सभाले आर्थिक वर्ष आव २०७४/७५ का लागि रु २५ करोड ३७ लाख ५१ हजार बराबरको आय–व्यय विवरण पारित गरेको छ । 

गाउँपालिकाका उपाध्यक्ष वली रावतले कुल बजेटमध्ये चालु खर्चतर्फ रु १३ करोड २० लाख ७५ लाख र पुँजीगत खर्चतर्फ रु १२ करोड १६ लाख ७६ हजार विनियोजन गरिएको सभामा जानकारी दिनुभयो । 

गाविस अध्यक्ष्य पदमबहादुर लामाको सभापतित्वमा भएको सो सभामा गविसका अन्य पदाधिकारीको सहभागिता थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!