व्यापार घाटा २७ प्रतिशतले बढ्यो

Posted on: 20 Jul, 2017

साउन ५, काठमाडौं । नेपालको व्यापार घाटा गत आर्थिक वर्षको तुलनामा २७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा ९०९ अर्ब ३६ करोड रुपैँया व्यापार घाटा भएको छ । निर्यातको तुलनामा आयात अत्याधिक वृद्धि भएपछि व्यापार घाटा उच्च भएको हो ।

आर्थिक वर्ष २०७२–७३ मा ७०४ अर्ब ४६ करोड रुपैँया व्यापार घाटा रहेको थियो । एक वर्षको अवधिमा व्यापार घाटा २०४ अर्ब ९ करोड रुपैँयाले वृद्धि भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, गत आर्थिक वर्षमा ९८४ अर्ब ७ करोड रुपैँयाको आयात भई ७४ अर्ब ७१ करोड रुपैँयाको निर्यात भएको छ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि निर्माण सामग्रीको आयात अत्याधिक वृद्धि भएकाले आयातमा आर्थिक वर्ष २०७२–७३ को तुलनामा २७ प्रतिशतको वृद्धि देखिन्छ । आयात अत्याधिक भएपनि निर्यात भने सामान्य ६३५ प्रतिशतको वृद्धि देखिन्छ । गत आर्थिक वर्षमा आयात र निर्यात गरी नेपालको कुल वैदेशिक व्यापार १,०५८ अर्ब ७८ करोड रुपैँया पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!