भुकम्पबाट अति प्रभाबित ४ जिल्लामा तेस्रो किस्ता लिने शुन्य

Posted on: 23 Jul, 2017

साउन ८, काठमाडौँ । भुकम्पबाट अति प्रभाबित १४ जिल्लाका लाभग्राही मध्ये अझैपनि ४ जिल्लाका लाभग्राहीहरुले तेस्रो किस्ता बापत रकम लिन सकेका छैनन् । 

तेस्रो किस्ता बापत रकम नलिएका मध्ये भुकम्पको केन्द«विन्दु रहेको गोरखा जिल्ला पनि परेको छ ।  गोरखालाई केन्द«विन्दु बनाएर भुकम्प गएको २७ महिना पुग्न लाग्दा समेत भुकम्पबाट क्षतिगस्त बनेका घरहरुको पुनःनिर्माणले तीव्रता पाउन नसकेको हो । 

निजी आवास निर्माण सम्पन्न गरेका घरधुरीले मापदण्ड पुरा गर्न नसेकेर सरकारबाट पाउने अनुदान पाउन सकेका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार तेस्रो किस्ता रकम लिनेमा दोलखा अगाडि देखिएको छ भने अति प्रभावित ४ जिल्लामा कसैले पनि तेस्रो किस्ता रकम लिएका छैनन् । 

तेस्रो किस्ता रकम लिने घरधुरीमा दोलखा पहिलो 

निजी आवास निर्माणका लागि तेस्रो किस्ता लिने जिल्लाहरु मध्ये दोलखा जिल्ला सबैभन्दा अगाडि रहेको छ । दोलखाका कुल  ५२ हजार २ सय ६६ जना लाभग्राहीहरु मध्ये अनुदान संझौता सम्पन्न भएका घरधुरी ४८ हजार ५ सय ६९ रहेका छन् । जसमध्ये पहिलो किस्ता ४७ हजार ४२ जनाले लिएका छन् भने दोस्रो किस्ता ८ हजार ७ सय ९८ घरधुरीले लिएका छन् । ४८ हजार ५ सय ६९ घरधुरीसँग अनुदान संझौता भएपनि हालसम्म ५ सय ९१ घरधुरीले मात्र तेस्रो किस्ता बापत रकम बुझेका हुन् ।  

तेस्रो किस्ता रकम लिनेमा मकवानपुर दोस्रो, रसुवा तेस्रो स्थानमा 

राष्ट्रिय पुनःनिर्माण प्राविधिकरणको तथ्याङ्क अनुसार तेस्रो किस्ता रकम लिनेहरु मध्ये दोस्रो स्थानमा मकवानपुर जिल्ला देखिएको छ ।

मकवानपुरका कुल ३१ हजार ६ सय ५८ लाभग्राहीहरु मध्ये २२ हजार ४ सय ९० घरधुरीसँग अनुदान संझौता भएको छ । २१ हजार ९ सय ६८ घरधुरीले प्रथम किस्ता लिएकोमा २३ सय ६८ घरधुरीले मात्र दोस्रो किस्ता लिएका छन् । पहिलो किस्ता लिने घरधुरी धेरै भएपनि तेस्रो किस्ता ५ सय ७७ भरधुरीले मात्र लिएका छन् ।

रसुवाका ११ हजार ६ सय २९ लाभग्राहीहरु मध्ये ९ हजार ७ सय १२ घरधुरीसँग मात्र अनुदान संझौता भएको छ । अनुदान संझौता पश्चात पहिलो किस्ता ९ हजार ७ सय ७० घरधुरीले लिएका छन् भने १३ सय ७९ घरधुरीले दोस्रो किस्ता बापत रकम बुझेका छन् । ९ हजार ७ सय १२ घरधुरीसँग अनुदान संझौता भएपनि ४ सय १ घरधुरीले मात्र तेस्रो किस्ता बापत रकम लिएका छन् ।

भुकम्पबाट अति प्रभाबित ४ जिल्लामा तेस्रो किस्ता रकम लिने शुन्य

अनुदान संझौता भएर पहिलो किस्ता बापत रकम लिएपनि गोरखा, धादिङ,भक्तपुर र काठमाडौँका भुकम्पपीडित हरुले अहिलेसम्म तेस्रो किस्ता बापत रकम लिएका छैनन् । 

अन्य १७ जिल्लामा तस्रो किस्ता रकम लिने संङख्या शुन्य

भुकम्पबाट प्रभाबित अन्य १७ जिल्लाका ९८ हजार २ सय १ लाभग्राहीहरु मध्ये ५८ हजार ९९ सय घरधुरीसँग मात्र अनुदान संझौता भएको छ । अनुदान संझौता भएका घरधुरीमध्ये  ३२ हजार ५ सय ३२ लाभग्राहीले मात्र प्रथम किस्ता बापतको रकम लिएका छन् । धेरैले प्रथम किस्ता लिएपनि दोस्रो किस्ता रकम जम्मा ३२ जनाले मात्र पाएका छन्भने तेस्रो किस्ता रकम लिनेहरुको संङख्या शुन्य छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!