पहिलो नगरको पहिलो बजेट ३५ करोड सार्बजनिक गरीयो

Posted on: 26 Jul, 2017


साउन ११, मुगु । नेपालमा पहिलो पटक भएको नया संरचना अनुसार मुगु जिल्लामा रहेको एक मात्र  पहिलो छायाँनाथ रारा नगरपालिकाले आज आर्थिक बर्ष २०४/०७५को बार्षिक निति  तथा बजेट ३५ करोड ५१ लाख ८१ हजार रुपैया प्रस्तुत गरेको छ ।

जिल्ला मुगुको जिल्ला समन्व समितिको सभाहलमा छायाँनाथ रारा नगरपालिकाको बार्षिक बजेट प्रस्तुत नगरपालिकाका मेहेर हरीजङ्क शाहीले चालु तर्फ ६ करोड ४७ लाखा ९२ हजार र पूर्जि खर्च तर्फ १७ करोड ९३लाख ९७ हजार मध्य बिषेशगरी सडक तर्फ ७ करोड बिधुत तर्फ २करोड ५०लाख र पर्याटनमा १ करोड पहिलो प्रथामिकतामा बजेट छुट्याएको मेहेर हरीजङ्क शाहीले बताएका छन  ।

ससर्त तर्फ ११ करोड १० लाख ३२ हजार गरी ३३ करोड २४ लाख ८१ हजार आई रहेको छ भने कर तथा राजश्व सेवा शुल्क दस्तुर पर्याटन शुल्क बापत नगरपालिकाले २ करोड २७ लाख भन्दा बडी राजश्व उठाउर्ने अनुमानित गरेको समेत मेहेर शाहीले प्रस्तुत गरेका छन ।      

नेपाल सरकारबाट पाप्त अनुदान रकम ३३ करोड २४ लाख ८१ हजार र स्थानिय राजश्वबाट संकलन हुर्ने अनुमानित रकम २ करोड २७ लाख गरी जम्मा ३५ करोड ५१ लाख ५१ हजार बजेट बजेट  तथा निति सार्बजनिक कार्याक्रममा सार्वजनिकरण गरीएको छ ।  

छायानाथ रारा नगरपालिकाले बिषेश गरी सडक, बिद्युत, पर्यटन, सुचना तथा प्रबिधि,शिक्षा,स्वास्थ्य,खानेपानिमा बिशेष जोड दिएको बार्षिक बजेट बिनियोजनमा गरीएको छ ।   

आगामि ५ बर्ष भित्र छायानाथ रारा नगरपालिकालाई सम्बृद्धि बनाउर्ने उदेश्यले एक घर एक धारा एकघर दश रुख , गाँउ गाँउमा बिद्युत सड्क, एक वडा एक पुस्तकालर्य, रारामा पर्यटन बिकासका लागी हेमस्टे, पाठेघर समस्या एकल महिला महिलाहित सम्बन्धीत आमा कार्याक्रम लगाएतका योजनाहरु रहेको उपप्रमुख सुन्तला रोकायाले बताएकि छन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!