आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति

Posted on: 28 Jul, 2017

साउन १३, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको न्यू सम्राट रेस्टुरेन्टमा बिहीबार आगलागी हँुदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । 

विद्युत् सर्ट भई आगलागी हँुदा रेस्टुरेन्टको सेमिनार हलमा रहेका कुर्सी, टेबुल, इन्भर्टर, टेलिभिजन लगायतका सामग्री जलेर नष्ट भएको रेस्टुरेन्टका सञ्चालक सञ्जु गुरुङले बताउनुभयो । स्थानीय व्यवसायी, प्रहरी र दमकलको सहायताले आगलागी नियन्त्रण गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!