चार लाखबढी जरिवना असुल हुन बाँकि

Posted on: 28 Jul, 2017

साउन १३, दार्चुला । जिल्ला अदालत दार्चुलाको गत आर्थिक वर्षको जरिवाना बाफतको ४ लाख ४८ हजार ४ सय ५५ रुपैयाँ अशुली हुन बाकी रहेको छ ।

गत वर्ष जरिवानातर्फ ४ लाख ९३ हजार ७ सय ८५ रुपैयाँ रहेको थियो भने जिम्मेवारी सरेर आएको ९ लाख ३० हजार २५ रुपैयाँ रहेको थियो । दुवै जोड्दा १४ लाख २३ हजार ८ सय १० रुपैयाँ अशुल गर्न बाकी रहेकोमा गत आर्थिक वर्षमा ९ लाख ७५ हजार ३ सय ५५ रुपैयाँ अशुली भएको जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार भीम प्रसाद भुषालले जानकारी दिनुभयो ।

यस्तै कैदतर्फ कुल २ सय ९ वर्ष ६ महिना २२ दिन रहेकोमा ८२ वर्ष ६ महिना ८ दिन फछ्र्यौट गरिएको छ भने यस आर्थिक वर्षको लागि १ सय २७ वर्ष १४ दिन जिम्मेवारी सरेर आएको भुषालको भनाई छ । 

जिल्ला अदालत दार्चुलाले यस आर्थिक वर्षमा गत बर्षको कैदबाट १४ वर्ष र नयाँ कायम हुने लगत पूरै फछ्र्यौट गर्ने लक्ष्य राखिएको भुषालले बताउनुभयो । जरिवानातर्फ पूरानो ४४ हजार ८ सय ४५ र नयाँ कायम हुने पुरै जरिवाना लगत फछ्र्याैट गरीने लक्ष्य रहेको छ ।

यसैगरी जिल्ला अदालत दार्चुलाले यस आर्थिक वर्षमा ७२ थान मुद्धा दर्ता हुने अनुमान गरेको छ । जसमा गत आर्थिक वर्षको २३ थान जिम्मेवारी सरि आएको छ । अदालतले फुटकर निवेदन ७ थान पर्ने अनुमान सहित मुद्धाको संख्या यस आर्थिक वर्षमा १ सय २ थान पुग्ने अनुमान गरिएको श्रेस्तादार भुषालले बताउनुभयो ।

जसमा फछ्र्यौटतर्फ दर्ता मुद्धा ७१ थान र ६ थान फुटकर निवेदन गरी ७७ थान मुद्धा फछ्र्यौट हुने लक्ष्य निर्धारण गरिएको जिल्ला अदालत दार्चुलाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!