प्युठानमा खोटोबाट ८० लाख आम्दानी

Posted on: 31 Jul, 2017


साउन १६, प्यूठान । पछिल्लो एक वर्षको अवधिमा जिल्लामा आठ लाख ९२ हजार ५३१ किलो खोटो बिक्रीबाट रु ८० लाख ४० हजार आम्दानी भएको छ । 

जिल्लाका विभिन्न एक सय वटा वन समूहले आफ्नो वनबाट सो परिमाणको खोटो संकलन गरी बिक्री गरेका हुन् । प्रतिकिलो खोटो रु नौदेखि रु १० सम्ममा बिक्री हुने गरेको जिल्ला वन अधिकृत प्रविण बिडारीले जानकारी दिनुभयो । 

वन समूहले खोटो बिक्रीबाट मनग्य आम्दानी गरेपनि उक्त रकम वन क्षेत्रको संरक्षणमा प्रयोग न्यून रुपमा गरेको पाइएको बिडारीले बताउनुभयो । जिल्लामा अधिकांश खोटो बिक्रीबाट आएको रकम विद्यालय सञ्चालनमा प्रयोग हुने गरेको छ । शिक्षक दरबन्दी नभएका विद्यालय वन समूह र खोटोको पैसाबाट सञ्चालन हुँदै आएका छन् । 

यहाँ संकलन गरीएको खोटो भारत निकासी हुन्छ । जिल्लामा हाल गणपति रोजिन, खनाल रोजिन, दीपमाला रोजिन, बुढाथोकी रोजिन र माउन्ट रोजिनले खोटो संकलन गर्दैआएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!