लाखेलाई नेता गुरुङ र सांसद खतिवडाको सहयोग

Posted on: 06 Aug, 2017

1019x545





1019x545

ओखलढुंगा-ओखलढुंगाको लाखेलाई एमाले नेता अम्बिरबाबु गुरुङ र सांसद रामहरी खतिवडाले आर्थिक सहयोग गर्नुभएको छ । लाखे प्रदर्शनका लागि काठमाण्डौ पुगेको ओखलढुंगाको लाखे टोलीलाई नेकपा एमाले ओखलढुंगाका आर्थिक विभाग प्रमुख रुम्जाटार निवासी अमिरबाबु गुरुङले २ लाख र कांग्रेस युवा नेता तथा सांसद रामहरी खतिवडाले १ लाख नगद सहयोग गर्नुभएको हो । 

संस्कृति संरक्षणमा जोडदिँदै सामाजिक काममा जुटेको ओखलढुंगाको सदरमुकामका नेवारी युवाहरुको अभियानलाई साथ दिन नगद सहयोग गरेको सांसद खतिवडाले बताउनुभयो । अन्य व्यक्तिहरुबाट समेत सहयोग रकम जुटेको छ । 

यसैविच लाखे प्रदर्शनबाट जम्मा भएको रकम सामाजिक काममा खर्च गरिने सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले बताउनुभयो । लाखेबाट उठेको रकमले सिद्धिचरण पार्कमा आधुनिक र सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने र एम्बुलेन्स खरिद गर्ने योजना रहेको उहाँको भनाई छ । लाखे प्रदर्शनका लागि राजधानी पुगेको नेवारी समुदायको टोलि आज जिल्ला फर्कने जनाईएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!