अब भरतपुर महानगरपालिकामा पनि हर्न बजाउन नपाइने

Posted on: 11 Aug, 2017

साउन २७, चितवन । काठमाडौं महानगर र पोखरा महानगर पछी अब भरतपुर महानगरपालिका क्षेत्र पनि हर्न निषेधित क्षेत्र बन्ने भएको छ । भरतपुर महानगर अब भदौ १ गतेदेखि हर्न बजाउन निषेधित क्षेत्र बन्ने भएको हो । 

महानगर क्षेत्रमा अब आकस्मिक अवस्थामा र मोडमा बाहेक अरु अवस्थामा हर्न बजाउन निषेध गरिएको छ । यस अघि काठमाडौँमा बैशाख १ गतेदेखि हर्न निषेधित गरिएको थियो भने पोखरामा साउन १ गतेदेखि हर्न निषेधित गरिएको थियो ।   

महानगरका निषेधित क्षेत्रमा हर्न बजाएमा पहिलो पटक पाँचसय र दोस्रो पटक एकहजार जरीवाना गरिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!