बेल्डाँडी सडकखण्डको कोलोपत्रेको बिजोग

Posted on: 16 Aug, 2017


साउन ३२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा केहि महिना पहिला बनेको कालोपत्रे सडकको बिचमा पानी जम्न थालेको छ ।

यो कालोपत्रे निर्माण हुने बेला बेल्डाँडीका सचेत नागरिकहरुले खवरदारी गर्दा समेत हप्तादिन नवित्दै भत्किन शुरु भएको थियो । ठेकेदार,  निर्माण कम्पनीको लापर्बाही र गुणस्तरहिन कामले आज सडकमा पानी जाम हुनलागेको स्थानीय वासीहरुको आरोप छ ।

कालोपत्रे भएको बेला सडकमा साइकल स्टेण्ड गर्ने बित्तिकै साइकल त्यही गाभिने र अहिले सडकको बिचमा पानी जामेर आवात जावत गर्न समस्या हुने गरेको छ ।  बेल्डाँडीका जनताले कालोपत्रे देखेका छैनन् भनेर इन्जनियर र ठेकेदारले जनताका आखाँ छल्ने काम गरेपनि गरेको कामको परिणम अहिले देखिन थालेको छ ।

बेल्डाँडीका स्थानीयले सामाजिक संजाल मार्फत कालोपत्रे भत्किन थालेपछी ब्यापक बिरोध गरेपनि छानविन नहुदा स्थानीयहरु चिन्तीत बनेका छन् । बल्ल बल्ल सरकारले गाउँको विकासका लागि ल्याएको बजेट कर्मचारी, ठेकेदार सबै मिलेर अनियमिता गरेको स्थानीयको आरोप छ । 

गाउँको विकासमा यसरी नाङगो रुपमा अनियमिता हुँदा समेत सरोकारवाला निकाय चुप लागेर बसीदिदा स्थानीयहरुको आशा मरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!