वर्ल्डलिंक सेवा अझ नजिक, अब नयाँ बानेश्वरमा नयाँ शाखा

Posted on: 17 Aug, 2017


भदौ १, काठमाडौं । नेपालकै सर्वोत्कृष्ट तथा अग्रणी इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित वल्र्डलिङ्कले ग्राहकको आकर्षणलाई ख्याल राख्दै नयाँ बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

ग्राहकमाझ भरपर्दो सेवाको अनुभव दिलाउदैँ संचार प्रवाह उत्कृष्ट बनाउने लक्ष्यसाथ शाखा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । 

नयाँ शाखा विस्तार पश्चात् ग्राहकहरुले वल्र्डलिङकसँग सजिलै आवद्ध भई सेवा लिने र सजिलै नगद भूक्तानी गर्न सक्ने कम्पनीको विश्वास छ । अन्य स्थानमा पनि शाखा विस्तारको योजना बनाएको कम्पनीले  शाखा विस्तार पश्चात् देशका विभिन्न ठाउँमा बसोबास गर्ने उपभोक्ताले  सजिलै वल्र्डलिङकको सेवा तथा सुविधालाई बुझ्दै प्रयोगमा ल्याउन सक्ने जनाएको छ । 

 यसबाट कम्पनी र सर्वसाधरण दुबैलाई फाइदा पुग्ने प्रारम्भिक अनुमान कम्पनीको रहेको छ । साथै कम्पनीको १ बर्षको इन्टरनेट सेवा अग्रिम बुकिङ्ग अथवा जडान गर्ने ग्राहकहरुलाई २ महिना निशुल्क सेवा उपलब्ध गराइने प्रावधान रहेको छ । यो योजना भाद्र १ देखि ७ सम्म उपलब्ध गराइने जनाइएको छ । 

हाल वल्र्डलिङकको ६ वटा शाखा काठमाडौँ भित्र र २१ वटा शाखा काठमाडौं बाहिर रहेकोमा आगामी दिनमा १५ वटा शाखा काठमाडौं भित्र स्थापना गरी काठमाडौं बाहिर आवश्यकता अनुसार स्थापना गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!