आर्थिक वर्ष ०७३।७४ मा मंगलसेन नगरपालिकामा ३० लाख बढी राजस्व संकलन

Posted on: 21 Aug, 2017


कमल रावल/भदौ ५, अछाम । मगंलसेन नगरपालिकाले गत आथिर्क वर्ष २०७३।०७४ मा ३० लाख ३१ हजार १ सय २५ रुपयाँ आम्दानी गरेको छ । 

मगंलसेन नगरपालिकाको आईतबार भएको वार्षिक समिक्षा कार्यक्रममा जानकारी सार्वजनिक गरिएको हो । नगरपालिकाले स्थानीय निकाय शर्त चालु अनुुदान १८ हजार १ सय, आन्तरिक स्रोत ९ सय १०, मालपोत तथा भमूी कर वापत ३३ हजार २ सय ५०, घर जग्गा, बहाल कर वाट ३१ हजार २० सय १, व्यवसाय कर ५ हजार ४ सय ६०, एकीकृत सम्पती कर ५ लाख १५ हजार ३ सय ८२ रुपैयाँ आम्दानी गरेको छ । 

यस्तै वक्यौता एककितृ सम्पती कर २ लाख ३८ हजार ५ सय ९७, विज्ञापन कर १ हजार १ सय १०, दर्ता तथा नवीकरण दस्तुर २ लाख ३८ हजार ८५, नक्सा पास दस्तुरवाट १ लाख ६९ हजार ९ सय ३२ रकम आम्दानी गरेको वताईएको छ ।

यस्तै नगरपालिकाले सिफारिश तथा बक्सौनी दस्तुर वापत ४ लाख ४६ हजार ८ सय ७५, नाता पम्राणित/अन्य प्रमाणित दस्तुर र अन्य दस्तुर गरी १ लाख ६२ हजार ९०, भाडा ता बहालबाट आय कर बैंक ऋण (स्वदेशी) वाट ११ लाख ७० हजार १ सय १२ गरी जम्मा ३० लाख ३१ हजार १ सय २५ रुपैयाँ आम्दानी गरेको वार्षिक समिक्षा कार्यक्रममा जानकारी गराईको थियो ।


नगर प्रमुख पदम बहादरु बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उपसंयोजक टोप बहादुर रावल प्रमुख अतिथी र प्रमुुख जिल्ला अधिकारी संकर वहादरु विष्ट बिशिष्ट अतिथी रहनु भएको थियो । 

कार्यक्रममा नेपाली काग्रेस क्षेत्रीय सभापति लक्ष्मण शाह, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, वडा अध्यक्षको तर्फबाट जनकराज भण्डारी र सम्पूर्ण महिलाको तर्फबाट भावना बिक लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा उठेका जिज्ञासाका उत्तत्रर नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद जैसि ढुगानाले जवाफ दिनुभएको थियो । उपपम्रखु सरिता उपाध्यायको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको संचालन नगरपालिकाका सुचना अधिकारी नरेश वहादरु कठायतले गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!