प्रधानमन्त्रीको गृह जिल्लाका नागरीक भन्छन् - 'प्रधानमन्त्री ज्यू, हामी कहिले उज्यालो देख्न पाउछौ ?'

Posted on: 26 Aug, 2017

ललित बोहरा | भदौ १०, डडेल्धुरा | डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं ४ का विभिन्न बस्तीहरुमा अझैँ पनि विजुली बल्न सकेको छैन् ।  उहाँहरु अहिले भन्दै छन् ५ पटक प्रधानमन्त्री हुनु भएका हाम्रो जिल्लाका सेर बहादुर जी हामी बिद्युतको उज्यालो देख्न कहिले पाउछौ । जिल्लाको धैरै स्थानमा बिद्युत सेवा नपुगे पनी अहिले अजयमेरु गाउँपालिका वडा नं ४ का टिमलटुका, पकिन्ना, दल्याडी, ग्वान्नी, विजुल, चौचला लगायतका बस्तीमा विजुली बल्न नसकेको गुनासो बढी आएको छ ।

साँझ पर्नासाथ वरपरका गाउँहरु झिलिमिली बन्छन तर यी बस्तीहरु जनता भने टुकीको धिपधिपमा चित्त बुझाउँदै आएका छन् ।

डडेल्धुराको सदरमुकाम अमरगढीबाट उत्तर–पश्चिममा पर्ने पकिन्ना, चौमला, अनारखोली ग्वान्नी लगायतका गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै त्यस क्षेत्र सुनसान बन्ने गरेको छ ।

‘रातभरि सबै गाउँहरुमा बिजुली बलेको देखिन्छ, झ्यालबाट हेर्दा जताततै उज्यालो देखिन्छ । तर आफूहरु भने टुकीको साहारामा बस्नुपर्छ,’ ग्वान्नीका स्थानीय मोहन अवस्थीले भने ।

उनले विद्युत  विस्तार नभएकै कारण गाउँमा पठनपाठनमा समस्या हुनुका साथै कुटानी पिसानीको लागि ४ घण्टा टाढा जानुपर्ने बाध्यता गरहेको बताएका छन् । यो वर्ष विद्युत्तीकरणका लागि ठेक्का भईसकेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएका छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!