पञ्चकन्या ग्रुपले पोखरा आसपासको ६० प्रतिशत बजार ओगटेको कम्पनीको दावी

Posted on: 26 Aug, 2017

पोखरा १०,भदौ  | पञ्चकन्या ग्रुपले प्लाष्टिकबाट निर्मित सामग्रीको फिटिङमा गुणस्तरीय र प्रविधिबारे पोखरामा शनिबार प्रशिक्षण दिएको छ । यस क्षेत्रका प्राविधिकलाई पाइप फिटिङ गर्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी दिइएको पञ्चकन्या गु्रपका प्रबन्धक देवेन्द्र साहुले जानकारी दिए ।

पञ्चकन्या गु्रपद्धारा निर्मित सामग्री पोखरा आसपास क्षेत्रमा करिब ६० प्रतिशत बजार ओगटेको कम्पनीले जनाएको छ । कम्पनीले छड, काँटी, स्टिल टंकी, पिभिसी पाइप, सिपिभीसी पाइप, पिपिआर पाइप लगायत सामग्री बजारमा ल्याएको छ ।

कार्यक्रममा पञ्चकन्याको कच्चा पदार्थ आपूर्तिकर्ता सेकुसुई जापानका प्रतिनिधि तोमोकी कामिया र मोहित बन्सलले सामग्रीबारे जानकारी गराएका थिए । विभिन्न किसिमका पाइप फिटिङ गर्दा प्राविधिकले ध्यानु पर्ने बारेमा जानकारी दिएका थिए । सामग्री गुणस्तरीय भएरमात्रै हुँदैन, त्यसको जडान महत्वपूर्ण पक्ष हुने हुँदा प्राविधिकले गर्ने काम गुणस्तरीय भएमात्रै ग्राहकको मन जित्न सकिने पञ्चकन्या गु्रप पोखरा आधिकारिक बिक्रेता शम्भुनाथ झाले बताए ।

कार्यक्रममा पोखरा शाखाका प्रमुख श्यामप्रसाद अर्याल, बजार प्रबन्धक हर्क थापामगर, सरेश मिश्रलगायतले पंचकन्याका सामग्रीबारे प्राविधिकलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा पोखरा आसपासका करिब २ सय ५० प्राविधिकको सहभागिता थियो । कम्पनीले विभिन्न किसिमका पाइप फिटिङ गर्दा ५ हजार मूल्य बराबर एक सय ७५ रुपैयाँ कमिसन प्राविधिकलाई दिने स्किम समेत ल्याएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!