कञ्चनपुरमा सुजुकीको जिपकार बिक्रि वितरण शुरु

Posted on: 29 Aug, 2017


भास्कर के.सी | भदौ १३, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित वनखेतमा सुजुकि जिपकारको आधिकारिक बिक्रि वितरण कारोबार शुरु भएको छ ।

महेन्द्रनगर स्थित थ्रिस्टार होटल ओपेरामा कार्यक्रम गरि आज बाट विधिवद्ध रुपमा जिपकारको विक्री वितरण गर्ने भएको छ । उक्त कार्यक्रममा कञ्चनपुर उधोग वाणिज्य संघका निर्वतमान अध्यक्ष गणेश दत्त जोशी र आर्दश विद्यालयका प्रबन्ध निर्देशक डा.भोजाराज पन्तले कारको माथि बाट कपडा हटाई उद्दघाटन गर्नु भएको थियो ।  

यस अघि सवारी साधन मध्ये मोटरसाईकलको मात्रै आधिकारिक बिक्रि वितरण हुने कञ्चनपुरमा यो पहिलो पटक जिपकारको विक्री वितरण शुरु गरिएको हो । आउदै गरेको दशै दिपावली लाई मध्ये नजर गरेर जिपकारको बिक्रि वितरण शुरु भएको हो । 


खप्तड मोटर प्रालिले सुजुकी डिजायर २०१७ मोडेलका कार कारोबार गरिरहेको छ । खप्तड मोटर प्रालिका प्रबन्ध निर्देशक दिवाकर भट्टले विभिन्न मोडेलका सुजिकिका पाँच कार बुकिङ्ग भै सकेको बताए । 

उनका अनुसार अहिले बुकिङ्ग खुल्ला गरिएको छ । दशौँको घटस्थापनका दिन स्वरुमको औपचारिक रुपमा उद्घाटन हुने प्रबन्ध निर्देशक भट्टले बताए । नयाँ आधुनिक मोडेलको एक हजार २ सय सिसी क्षमताको कारको अबदेखि महेन्द्रनगरमै बिक्रि वितरण हुने छ । स्वरुममै मर्मत समेत गरिने भएकाले ग्राहका लागि लाभदाय हुने प्रबन्ध निर्देशक भट्टले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!