पाल्पामा दुई करोडको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण

Posted on: 30 Aug, 2017

भदौ १४,रामपुर (पाल्पा)। पाल्पा पूर्वखोला गाउँपालिका बिरकोटमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । 

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको रु दुई करोड आठ लाख ७७ हजार ५५० को लागतमा निर्माण भएको सो स्वास्थ्य चौकी दुईतले २० कोठा भएको स्वास्थ्य चौकीका प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । 

यस स्वास्थ्य चौकीबाट प्रसूति सहितको विभिन्न सेवासुविधा उपलब्ध हुने उहाँले बताउनुभयो । 

पूर्वखोला गाउँपालिकासहित रामपुर नगरपालिका–९ र १० का बासिन्दालाई प्रत्यक्ष सेवा पुग्ने उक्त स्वास्थ्य चौकीमा हाल एक अहेब, दुई अनमी र दुईजना स्वास्थ्यकर्मी कार्यरत छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!