नवलपरासीमा बाढीले बगाएको सडक अहिलेसम्म बन्न सकेन

Posted on: 02 Sep, 2017


श्याम थापा/भदौ १७, नवलपरासी । लगातार अविरल बर्षाका कारण भत्किएको नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका जोड्ने सडक अहिले सम्म बन्न सकेको छैन । 

सडक भत्किएको करिब २ महिना बित्दा पनि बन्न नसकेको कारणले स्थानीयबासीहरुलाई हिड्डुल गर्न सास्ती भएको स्थानीयबासीहरुले गुनासो पनि गरेका छन । सो सडक प्रतापपुर गाउँपालिकाको बद्रीघाट बाट सुस्ता गाउँपालिकाको नर्सही जाने सडक हो । 

सडक बन्न नसक्दा स्थानीयबासीहरुलाई हिड्डुल गर्न मात्र नभै  सुस्ता गाउँपलिका वार्ड न ४ नर्सहीमा कोही बिरामी या गर्भवती तथा सुत्केरी हुदा कुडियाको बाटो प्रयोग गर्दै अस्पताल लैजान पर्ने सुस्ता गाउँपालिका वार्ड न.४ नर्सहीका लख्खु यादवले बताउनु भएको छ । 

सो सडक बनाउनको लागि स्थानीयबासीहरुले पटक पटक सरोकारवालाहरुलाई खबर गर्दा पनि बेवास्ता गरेको स्थानीयबासीहरुले आरोप पनि लगाएका छन । भने स्थानीय दलालहरुलाई अवैध रूपमा बालुवा उत्खनन गर्न सजिलो भएको कारणले गर्दा पनि सडक बन्न नदिने चलखेल भै रहेको स्थानीयबासीहरुले बताउनु भएको छ । 

सडक नबन्दा परासी देखि नर्सही हुँदै पक्लिहवा सम्म चल्ने मध्य नेपाल यातायात बस ब्यवबसयी संघ परासीको माइक्रो सेवा थप्प भएको थियो । माइक्रो सेवा थप्प भए पछि नर्सही पक्लिहवाका स्थानीयबासीहरुलाई परासीमा रहेका कार्यालयहरुमा आफ्नो ब्यक्तीगत कार्यहरु गर्न जानको लागि आवत जावतमा कठिनाइ भएको छ । 

आवात जावतमा कठिनाइ भएपछी नर्सही र पक्लिहवाका स्थानीयबासीहरुले मध्य नेपाल यातायात बस ब्यवसायी संघ परासीको कार्यालयलाई खबर गरेका थिए । हाल परासी देखि कुडिया हुँदै नर्सही र पक्लिहवाको लागि मध्य नेपाल यातायात बस ब्यवसायी संघ परासीले सेवा सुचारु गरि सकेको मध्य नेपाल यातायात ब्यवसायी संघ परासीका अध्यक्ष ऋषि राम पौडेलले जानकारी दिनु भएको छ । 

साथै सो प्रतापपुर गाउँपलिका र सुस्ता गाउँपलिका जोड्ने सडक तत्काल मर्मत गरि स्थानीयबासीहरुको समस्या समाधान गरिदिनको लागि स्थानीयबासीहरुले सरोकारवालाहरुसंग अनुरोध पनि गरेका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!