हाम्रो उपभोक्ता सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा समपन्न

Posted on: 02 Sep, 2017


भदौ १७, कञ्चनपुर । हाम्रो उपभोक्ता सहकारी संस्था लि.को नवौ वार्षिक साधारण सभा शनिवार कञ्चनपुरको निर्माण व्यवसायको हलमा समपन्न भएको छ ।

सो अवसरमा वर्ष भरि राम्रो काम गर्ने कर्मचारीलाई संस्थाले पुरस्कृत गरेको छ । पुरुस्कार पाउनेहरुमा कार्यलयका व्यवस्थापक द्विजराज भट्ट, सचिव हेमराज भट्ट र सस्थाका संस्थापक सदस्य नवराज खेरल थिए । 

त्यसै गरी अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । मायाको चिनो पाउनेमा संस्थाका कोषाध्यक्ष गणेश बहादुर चन्द, योग गुरु लवराज भट्ट, निमार्ण व्यवसायका कावा अध्यक्ष निरञ्जन भट्ट र प्रमुख अतिथी टेकराज भारती थिये । प्रगति विवरण अध्यक्ष जोशीले गर्नु भएको थियो भने आय–व्यय संस्थाका कोषाध्यक्ष गणेश ब.चन्दले गर्नु भएको थियो ।

दयाकृष्ण जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी टेकराज भारती हुनुहुन्थ्यो, स्वागतमन्तव्य उपाध्यक्ष नरसिंह धामीले दिनु भएको थियो भने संचालन संस्थाका सचिव हेमराज भट्टले गर्नु भएको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!