बास्तोला कम्प्लेक्सको दशै तिहार उपहार योजना सुरु

Posted on: 03 Sep, 2017

कमल सुबेदी | भाद्र १८, पोखरा पोखराको पृथ्वीचोकमा रहेको बास्तोला कम्प्लेक्सले दशै तिहार र छट पर्वको अबसर पारेर उपहार योजना सुरु गरेको छ । ग्राहकको हितलाई मध्यनजर गरी बास्तोला कम्प्लेक्सले  दशै र तिहारलाई लक्ष्ति गर्दै उपहार योजना सार्वजनिक गरेको हो ।

दशैं तिहार मेला अन्तर्गत ग्राहकलाई उपहार कार्यक्रम ल्याइएको बास्तोला कम्प्लेक्सका सञ्चालक उमराज बास्तोलाले  जानकारी दिए । प्रथम पुरस्कार मोटरसाइकल ,दोस्रो हुनेले टिभी तेस्रो हुनेले फ्रिज, चौथो पुरस्कार  मोबाइल  र पाँचौ पुरस्कार ५ जनालाई  प्रेसर कुकर र सान्त्वना पुरस्कार २१ जनालाइ भित्ते घडि  रहेको बास्तोलाले जानाकारी दिए । 


बास्तोला कम्प्लेक्सका जुनसुकै पसलमा सामान खरिद गर्दा कुपन प्राप्त गर्नेछन् । न्युनतम ३ सय रुपैयाँ बराबरको सामान खरिदमा १ थान कुपन  रु ६ सय बराबरको सामान खरिद गरे बापत २ थान कुपन र हजार वा सोभन्दा बढी रुपैयाँ बराबरको सामान खरिदमा ३ थान कुपन प्राप्त गर्न सकिनेछ । बास्तोला कम्प्लेक्समा आउने ग्राहकको हितलाई ख्याल गर्दै चाडपर्वको अवसरमा उपहार योजना ल्याइएको कम्प्लेक्सका  सञ्चालक माधव बास्तोलाले जानाकरी  दिए । उपहार योजनाका कारण बास्तोला कम्प्लेक्समा सपिङ गर्ने ग्राहकको संख्यामा बृद्धि हुने अपेक्षा गरेको बास्तोलाले बताए ।

उपहार योजनाको नतिजा  माघ ६ गते बृहत कार्यक्रम गरि सार्बजनिक गरिने कम्प्लेक्सले जनाएको छ ।  पोखराका ४ जना युवा ब्यबसायी बलराम बास्तोला,माधव बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्य  मिलेर २०७३ असोज बाट संचालनमा आएको कम्पेक्सले बेला बेलामा ब्यबसायी हरुको आबश्यकता महशुस गरि मेला महोत्सव आयोजना  गर्दै आइरहेको छ । एउटै छाना मुनि करिब ३२० सटर रहेको कम्पेक्समा नुन देखि  सुन सम्म जिरा देखी हिरा सम्म पाइने  बास्तोला कम्पेक्सका संचालक बलराम बास्तोलाले जानाकरी दिए  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!