नेपाल रेडक्रस दिवसको अवसरमा राहत संकलन

Posted on: 04 Sep, 2017

सागर शर्मा । भदौ १९, प्युठान | पूर्वी तराईका बाढी पिडीतहरुको लागि  नेपाल रेडक्रस सोसाईटी खलङ्गा उपशाखाले १४ हजार २ सय ६६ रुपैया राहत संकलन गरेको छ । 

५५ औँ नेपाल रेडक्रस दिवसको अवसरमा खंलगा उपशाखामा आवद्ध जुनियर रेडक्रस सर्कल महेन्द्र मावि खंलगा, मल्लरानी आवासिय मावि खंलगा, खंलगा आधारभुत विद्यालय र जनजागृति मावि कसेरीका जुरेशले खंलगा बजारका व्यवसायी तथा ईच्छुुक व्यक्तिहरु संग नगद राहत संकलन गरेको हुन् ।  

दिवसको अवसरमा रेडक्रस प्युठानले जिल्ला कारगार प्युठानमा रहेका ६१ जना कैदी वन्दीहरुको लागि सरसफाई सामग्री वितरण गरेको छ । 


राहत संकलन पछि आयोजित कार्यक्रममा  प्रमुख अतिथी  प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले रेडक्रस प्रकोपको उद्धार तथा  राहतमा सकृय संस्था भएको बताउनुभयो । जिल्लामा राष्ट्रसेवक कर्मचारीवाट एक दिनको पारिश्रमिक प्रभावितहरुका लागि प्रदान गर्ने निर्णय समेत भएको  उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा सभापति पुलामीले रेडक्रसका सिद्धान्त, रेडक्रसले गर्ने कार्यको विषयमा जानकारी गराउनुभएको थियो  साथै संकलित राहत रकम वाढी प्रभावितहरुको लागि वितरण गरिने समेत वताउनुभयो । 

कार्यक्रममा मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रका अध्यक्ष बसन्तलाल शाक्यले रेडक्रस स्वयंमसेवि संस्था भएकाले युवाहरुको यसमा सकृय सहभागिता रहेने बताउनुभयो । 

रेडक्रस प्युठानका सभापति गुमानराज पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी, संघ संस्थाका प्रतिनीधि, लगाएतको उपस्थिती रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!